सहिदको भावनाको कदर गर्न माग
टोकियो जापान, ८ फागुन । राणाशासन विरुद्धको आन्दोलनमा भएका सहिदको भावनाको कदर गर्न जापानवासी नेपालीले राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन् ।
जापानस्थित नेपाली राजदूतावासले शनिबार टोकियोमा आयोजित ६७ औँं प्रजातन्त्र दिवसका अवसरमा जापानवासी नेपालीले स्वतन्त्रता प्राप्तिका लागि लड्ने क्रममा बलिदानीस्वरुप सहिद भएकाहरूको स्मरण गर्दै पञ्चायती राणाशासन विरुद्धको आन्दोलनले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वतन्त्रताको अधिकार माग्ने क्रममा भएका सहिदको सम्मानका लागि एकापसमा मिल्नाको विकल्प नरहेको बताउनुभयो । नेकपा ‘एमाले’ केन्द्रीय सदस्य ठाकुर गैरेले लामो सङ्घर्ष र धेरै दुःखले बनाएको संविधान कार्यावन्यनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष भवन भट्टले सहिदको भावना पूरा गर्न विदेशमा रहेका हरेक एक नेपालीले तीन विदेशी साथीलाई नेपाल पठाउन सके पनि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।
कावा राजदूत कृष्णचन्द्र अर्यालले राजनीतिक पार्टीका भ्रातृ सङ्गठन र जापानस्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिबीचको भाइचारा तथा ऐक्यबद्धताको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा गैरआवासीय अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य, गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष सुदन थापा, नेपालस्थित विभिन्न राजनीतिक पार्टीका सङ्गठन प्रतिनिधि र विभिन्न सङ्घसंस्थाका अधिकारीले प्रजातन्त्र प्राप्तिका लागि भएका सहिदको भावनाको कदर गर्न माग गरेका थिए ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












