यातायातका सहचालकलाई धारिलो हतियार प्रयोग गरी कुटपिट
सुर्खेत, फागुन ८ । केही दिन अघि नेपाली काँग्रेसले नेतृृत्व गरिरहेको मध्य पश्चिम यातायात व्यवसायी समितिका कर्मचारीहरुले देउती नागरिक यातायात समितिका एक जना सहचालकलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गरेका छन् ।
कमल खड्का अध्यक्ष भएको देउती नागरिक समितिका सहचालकलाई कुटपट गरेपछि केही यातायात समितिले संयुक्त रुपमा विज्ञप्ति निकाली मप यातायातलाई कडा रुपमा चेतावनी दिदै कार्वाहीको माग गरेका थिए ।
मप यातायात व्यवसायिसंघबाट आफूहरु असुरक्षित भएको उल्लेख गर्दै उनीहरुले खुला अर्थतन्त्रमा व्यवसायि संचालन गर्नबाट बञ्चित गर्ने गरी आफूहरुमाथि आक्रमण हुनु असैह्य भएको बताएका थिए ।
साथै यातायात क्षेत्रमा सिण्डिकेट आफूहरुलाई स्वीकार्य हुन नसक्ने भन्दै उनीहरुले कार्वाही नभएको खण्डमा सिर्जना हुन सक्ने अवस्थाको सामना गर्न तयार हुनुपर्ने भन्द्यै विज्ञप्ति निकालेका थिए । विज्ञप्ति निकालेको एक दिन नवित्दै नेपाली काँग्रेसमा आस्था राख्ने व्यवसायिहरुको ठुलो टिम नेकपा एमालेमा प्रवेश गरेको छ । पहिले पम यातायतमै रहेका कमल खड्का जुनीको नेतृत्वमा ठूलै टिम शनिबार एमालेमा प्रवेश गरेको हो ।
यसको मुख्य कारण भनेको मप यातायातको दादागिरी रहेको बुझिएको छ । पहिले पनि खड्कालाई मप यातायातमा स्थान नदिएको र अहिले नयाँ यातायात समिति खोल्दा पनि प्रतिस्पर्धाबाट बञ्चित गर्न खोजेपछि खड्काको नेतृत्वमा ठूलो टिमले एमालेमा औपचारिक रुपमा प्रवेश गरेको छ ।
सुर्खेतका विभिन्न यातायात समितिहरुले मध्यपश्चिम यातायात व्यवसायि संघले सिण्डिकेट लगाएको भन्दै कडा कदम चाल्ने चेतावनी दिएकाछन् । संयुक्त विज्ञप्ति निकाली मप यातायात व्यवसायिसंघबाट आफूहरु असुरक्षित भएको उल्लेख गर्दै उनीहरुले खुला अर्थतन्त्रमा व्यवसायि संचालन गर्नबाट बञ्चित गर्ने गरी आफूहरुमाथि आक्रमण हुनु असैह्य भएको बताएकाछन् । नेकपा एमालेले २ सय ५० भन्दा बढीले एमालेमा प्रवेश गरेको दावी गरेको छ । दादागिरी नचल्ने भन्दै व्यवसायिहरुको ठूलो टिम एमालेमा प्रवेश गरेको हो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












