यातायातका सहचालकलाई धारिलो हतियार प्रयोग गरी कुटपिट
सुर्खेत, फागुन ८ । केही दिन अघि नेपाली काँग्रेसले नेतृृत्व गरिरहेको मध्य पश्चिम यातायात व्यवसायी समितिका कर्मचारीहरुले देउती नागरिक यातायात समितिका एक जना सहचालकलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गरेका छन् ।
कमल खड्का अध्यक्ष भएको देउती नागरिक समितिका सहचालकलाई कुटपट गरेपछि केही यातायात समितिले संयुक्त रुपमा विज्ञप्ति निकाली मप यातायातलाई कडा रुपमा चेतावनी दिदै कार्वाहीको माग गरेका थिए ।
मप यातायात व्यवसायिसंघबाट आफूहरु असुरक्षित भएको उल्लेख गर्दै उनीहरुले खुला अर्थतन्त्रमा व्यवसायि संचालन गर्नबाट बञ्चित गर्ने गरी आफूहरुमाथि आक्रमण हुनु असैह्य भएको बताएका थिए ।
साथै यातायात क्षेत्रमा सिण्डिकेट आफूहरुलाई स्वीकार्य हुन नसक्ने भन्दै उनीहरुले कार्वाही नभएको खण्डमा सिर्जना हुन सक्ने अवस्थाको सामना गर्न तयार हुनुपर्ने भन्द्यै विज्ञप्ति निकालेका थिए । विज्ञप्ति निकालेको एक दिन नवित्दै नेपाली काँग्रेसमा आस्था राख्ने व्यवसायिहरुको ठुलो टिम नेकपा एमालेमा प्रवेश गरेको छ । पहिले पम यातायतमै रहेका कमल खड्का जुनीको नेतृत्वमा ठूलै टिम शनिबार एमालेमा प्रवेश गरेको हो ।
यसको मुख्य कारण भनेको मप यातायातको दादागिरी रहेको बुझिएको छ । पहिले पनि खड्कालाई मप यातायातमा स्थान नदिएको र अहिले नयाँ यातायात समिति खोल्दा पनि प्रतिस्पर्धाबाट बञ्चित गर्न खोजेपछि खड्काको नेतृत्वमा ठूलो टिमले एमालेमा औपचारिक रुपमा प्रवेश गरेको छ ।
सुर्खेतका विभिन्न यातायात समितिहरुले मध्यपश्चिम यातायात व्यवसायि संघले सिण्डिकेट लगाएको भन्दै कडा कदम चाल्ने चेतावनी दिएकाछन् । संयुक्त विज्ञप्ति निकाली मप यातायात व्यवसायिसंघबाट आफूहरु असुरक्षित भएको उल्लेख गर्दै उनीहरुले खुला अर्थतन्त्रमा व्यवसायि संचालन गर्नबाट बञ्चित गर्ने गरी आफूहरुमाथि आक्रमण हुनु असैह्य भएको बताएकाछन् । नेकपा एमालेले २ सय ५० भन्दा बढीले एमालेमा प्रवेश गरेको दावी गरेको छ । दादागिरी नचल्ने भन्दै व्यवसायिहरुको ठूलो टिम एमालेमा प्रवेश गरेको हो ।
Comments
अरु समाचार
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...












