पत्रकार दाहाल शान्ति समाजबाट बर्खास्त
काठमाडौं । वरिष्ठ पत्रकार पुरुशोत्तम दाहाललाई मानवअधिकार तथा शान्ति समाजले बर्खास्त गरेको छ । उनलाई शान्ति समाजको आजिवन सदस्यता खारेज गर्दै समाजमा अबदेखि आवद्धता नभएको जनाएको हो । पत्रकार दाहालले लेखेको मेरो पत्रकारिता पुस्तकमा शान्ति समाजप्रति कपोकल्पित कुरा उल्लेख भएको समाजले प्रेस विज्ञप्तिमार्पmत जनाएको छ ।
प्रेस विज्ञप्तिको पूर्ण पाठ
पुरुषोत्तम दाहालको मानव अधिकार तथा शान्ति समाजको आजीवन सदस्यता खारेज
पुरुषोत्तम दाहालद्धारा लिखित “मेरो पत्रकारिता” नामक पुस्तकमा मानव अधिकार तथा शान्ति समाजबारे कपोलकल्पित भ्रामक र झुठा कुराहरु लेखी संस्थामाथि निकृष्ट प्रहार गरेको पाइएको सन्दर्भमा पुरुषोत्तम दाहालको मानव अधिकार तथा शान्ति समाजको आजीवन सदस्यता समाप्त किन नगर्ने भनी २०७३/०६/१८ गते को पत्राचार मार्फत स्पष्टिकरण माग गरिएको र निजबाट चार पाताको जबाफ प्राप्त भएको थियो । राष्ट्रिय परिषद् बैठक मानव अधिकार तथा शान्ति समाजको सर्वोच्च नीति निर्णायक निकाय भएकोले पुरुषोत्तम दाहालको आजीवन सदस्यता खारेजी सम्बन्धी विषय पनि २०७३ मंसिर १०/११ गते वुटवलमा सम्पन्न १९ औँ राष्ट्रिय परिषद् बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
यस सम्बन्धमा पुरुषोत्तम दाहाललाई केकासका महासचिवले लेखेको स्पष्टिकरण पत्र, निजबाट प्राप्त ४ पाताको जबाफ, काठमाण्डौँ–वुटवल–काठमाण्डौँ हवाई भाडा समेत केकासले नै वेर्होने विवरणसहित १९ औँ रा।प।बैठकमा सहभागिताका लागि केकासका तर्फबाट पुरुषोत्तम दाहाललाई पठाइएको निमन्त्रणा पत्र, रा।प।बैठकमा उपस्थित हुन असमर्थ भएको नीजको प्रतिउत्तर पत्र परिषद् बैठकका सबै सहभागिहरुलाई वितरण गरिएको थियो । साथै नीजले शान्ति समाज विरुद्ध आफ्नो पुस्तकमा लेखेका अंश र ति कुराहरु झुठा भएको प्रमाण स्वरुप समाजको २०५९ असोज महिनामा चितवनमा सम्पन्न पाँचौ राष्ट्रिय परिषद् बैठकको संक्षिप्त विवरण सहितको दस्तावेजहरु पनि सहभागिहरुलाई उपलब्ध गराइएको थियो । यस सम्बन्धमा पुरुषोत्तम दाहालले शान्ति समाज जस्तो स्वयंसेवी र स्वाभिमानी संस्थामाथि मर्यादाका सारा सीमा नाघेर लगाएको आरोपको राष्ट्रिय परिषद् बैठकले निन्दा एवं भत्र्सना गरेको र पुरुषोत्तम दाहालले गरेको सो फटाइँ र निकृष्ट कृत्यको निन्दा गरेको थियो । निजको आजीवन सदस्यता खारेज गर्ने सम्बन्धमा एक पटक निजलाई पत्राचार गर्ने र यदि नीजले गल्ति स्विकार गरी क्षमा याचना गरे आजीवन सदस्यता खारेजीको विषय त्यही टुङ्गीने र गल्ति स्विकारसहित क्षमा याचना नगरे निजको आजीवन सदस्यता खारेज गर्ने निर्णय राष्ट्रिय परिषद् बैठकले सर्वसम्मतिबाट गरेकोले राष्ट्रिय परिषद् बैठकको निर्णय बमोजिम २०७३ माघ १९ गते पुरुषोत्तम दाहाललाई पुनः पत्र लेखिएको थियो र आफ्नो धारणा २०७३ फागुन ४ गते सम्ममा मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यालयमा प्राप्त हुने गरी पठाउन आग्रह गरिएको थियो । साथै यस सम्बन्धमा निर्णय गर्न केकासका सभापति, महासचिव र संस्थापक सदस्य कृष्ण कंडेल सम्मिलित समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि राष्ट्रिय परिषद् बैठकबाट सर्वसम्मतीबाट भएको थियो । यस सम्बन्धमा २०७३ फागुन ८ गते सम्ममा पनि पुरुषोत्तम दाहालका तर्फबाट कुनै प्रतिउत्तर प्राप्त नभएको हुदाँ १९ औँ राष्ट्रिय परिषद् बैठकको निर्णय अनुसार पुरुषोत्तम दाहालको मानव अधिकार तथा शान्ति समाजको आजीवन सदस्यता खारेज ‘समाप्त’ भएको छ ।
समाजका तर्फबाट
उत्तम पुडासैनी
महासचिव
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












