पत्रकार दाहाल शान्ति समाजबाट बर्खास्त
काठमाडौं । वरिष्ठ पत्रकार पुरुशोत्तम दाहाललाई मानवअधिकार तथा शान्ति समाजले बर्खास्त गरेको छ । उनलाई शान्ति समाजको आजिवन सदस्यता खारेज गर्दै समाजमा अबदेखि आवद्धता नभएको जनाएको हो । पत्रकार दाहालले लेखेको मेरो पत्रकारिता पुस्तकमा शान्ति समाजप्रति कपोकल्पित कुरा उल्लेख भएको समाजले प्रेस विज्ञप्तिमार्पmत जनाएको छ ।
प्रेस विज्ञप्तिको पूर्ण पाठ
पुरुषोत्तम दाहालको मानव अधिकार तथा शान्ति समाजको आजीवन सदस्यता खारेज
पुरुषोत्तम दाहालद्धारा लिखित “मेरो पत्रकारिता” नामक पुस्तकमा मानव अधिकार तथा शान्ति समाजबारे कपोलकल्पित भ्रामक र झुठा कुराहरु लेखी संस्थामाथि निकृष्ट प्रहार गरेको पाइएको सन्दर्भमा पुरुषोत्तम दाहालको मानव अधिकार तथा शान्ति समाजको आजीवन सदस्यता समाप्त किन नगर्ने भनी २०७३/०६/१८ गते को पत्राचार मार्फत स्पष्टिकरण माग गरिएको र निजबाट चार पाताको जबाफ प्राप्त भएको थियो । राष्ट्रिय परिषद् बैठक मानव अधिकार तथा शान्ति समाजको सर्वोच्च नीति निर्णायक निकाय भएकोले पुरुषोत्तम दाहालको आजीवन सदस्यता खारेजी सम्बन्धी विषय पनि २०७३ मंसिर १०/११ गते वुटवलमा सम्पन्न १९ औँ राष्ट्रिय परिषद् बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
यस सम्बन्धमा पुरुषोत्तम दाहाललाई केकासका महासचिवले लेखेको स्पष्टिकरण पत्र, निजबाट प्राप्त ४ पाताको जबाफ, काठमाण्डौँ–वुटवल–काठमाण्डौँ हवाई भाडा समेत केकासले नै वेर्होने विवरणसहित १९ औँ रा।प।बैठकमा सहभागिताका लागि केकासका तर्फबाट पुरुषोत्तम दाहाललाई पठाइएको निमन्त्रणा पत्र, रा।प।बैठकमा उपस्थित हुन असमर्थ भएको नीजको प्रतिउत्तर पत्र परिषद् बैठकका सबै सहभागिहरुलाई वितरण गरिएको थियो । साथै नीजले शान्ति समाज विरुद्ध आफ्नो पुस्तकमा लेखेका अंश र ति कुराहरु झुठा भएको प्रमाण स्वरुप समाजको २०५९ असोज महिनामा चितवनमा सम्पन्न पाँचौ राष्ट्रिय परिषद् बैठकको संक्षिप्त विवरण सहितको दस्तावेजहरु पनि सहभागिहरुलाई उपलब्ध गराइएको थियो । यस सम्बन्धमा पुरुषोत्तम दाहालले शान्ति समाज जस्तो स्वयंसेवी र स्वाभिमानी संस्थामाथि मर्यादाका सारा सीमा नाघेर लगाएको आरोपको राष्ट्रिय परिषद् बैठकले निन्दा एवं भत्र्सना गरेको र पुरुषोत्तम दाहालले गरेको सो फटाइँ र निकृष्ट कृत्यको निन्दा गरेको थियो । निजको आजीवन सदस्यता खारेज गर्ने सम्बन्धमा एक पटक निजलाई पत्राचार गर्ने र यदि नीजले गल्ति स्विकार गरी क्षमा याचना गरे आजीवन सदस्यता खारेजीको विषय त्यही टुङ्गीने र गल्ति स्विकारसहित क्षमा याचना नगरे निजको आजीवन सदस्यता खारेज गर्ने निर्णय राष्ट्रिय परिषद् बैठकले सर्वसम्मतिबाट गरेकोले राष्ट्रिय परिषद् बैठकको निर्णय बमोजिम २०७३ माघ १९ गते पुरुषोत्तम दाहाललाई पुनः पत्र लेखिएको थियो र आफ्नो धारणा २०७३ फागुन ४ गते सम्ममा मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यालयमा प्राप्त हुने गरी पठाउन आग्रह गरिएको थियो । साथै यस सम्बन्धमा निर्णय गर्न केकासका सभापति, महासचिव र संस्थापक सदस्य कृष्ण कंडेल सम्मिलित समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि राष्ट्रिय परिषद् बैठकबाट सर्वसम्मतीबाट भएको थियो । यस सम्बन्धमा २०७३ फागुन ८ गते सम्ममा पनि पुरुषोत्तम दाहालका तर्फबाट कुनै प्रतिउत्तर प्राप्त नभएको हुदाँ १९ औँ राष्ट्रिय परिषद् बैठकको निर्णय अनुसार पुरुषोत्तम दाहालको मानव अधिकार तथा शान्ति समाजको आजीवन सदस्यता खारेज ‘समाप्त’ भएको छ ।
समाजका तर्फबाट
उत्तम पुडासैनी
महासचिव
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












