माओवादीले मधेसी मोर्चालाई भन्यो-‘संविधान संशोधन हुन्छ,आशंका नगर्नुस्’
काठमाडौं १० फागुन । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले मधेसी मोर्चालाई संविधान संशोधनबारे शंका नगर्न आग्रह गरेको छ । मोर्चाले भनेआन्दोलनमा जानु उपयुक्त नभएको प्रतिक्रिया दिएको छ ।
सरकारले सोमबार वैशाख ३१ मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरिसकेको छ । त्यसविरुद्ध मधेसी मोर्चाले दबावमुलक आन्दोलन घोषणा गरेको छ ।
तर, सत्तारुढ माओवादीले भने संविधान संशोधनलाई टुंगोमा पुर्याएर निर्वाचन गर्ने सम्झौता र प्रतिवद्धतामा आफू कायमै रहेको बताएको छ ।
माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘संविधान संशोधन प्रस्ताव टुंगोमा पुर्याएपछि मात्र चुनावको मिति घोषणा गर्दा निर्वाचन आयोगलाई तयारीको समय नपुग्ने भएकाले मात्र अगाडि नै घोषणा गर्नु परेको हो ।संशोधन प्रस्ताव अघि बढ्छ ।’
उनका अनुसार संशोधन प्रक्रिया अघि बढाउनेबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको छ । र, सम्भवत आजै बैठक बस्नेछ ।
लगतै संसदमा दर्ता भएको संविधान संशोधन प्रक्रिया अघि बढाइने श्रेष्ठले बताए । संशोधनबारे संसदले निर्णय गर्ने भन्दै उनले भने, ‘हामीले सबैसँग कुराकानी गरिहेका छौं र संशोधन पास गराउन प्रयत्न गरिरहेका छौं ।’
उनले अहिले नै मधेसी मोर्चा आन्दोलनमा जानु उपयुक्त नभएको बताए । उनले भने, ‘संशोधन विधेयकलाई एउटा टुंगोमा पुर्याएपछि नै निर्वाचन हुने हो । संशोधन प्रस्ताव अघि नबढ्दा कि भन्ने आशंका नगरे हुन्छ ।’
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश
काठमाडों । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी...
-
कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता, मानबहादुर र शेरबहादुरको टोलीलाई उपाधि (तस्बिरहरु)
काठमाडौँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर उच्च अदालत...
-
रास्वपा सभापति लामिछानेले पार्टी सांसदलाई निर्देशन दिँदै भने- गुटबन्दीमा नलाग्नुस्
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ । आइतबार पार्टीका सांसदहरूका लागि...












