माओवादीले मधेसी मोर्चालाई भन्यो-‘संविधान संशोधन हुन्छ,आशंका नगर्नुस्’
काठमाडौं १० फागुन । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले मधेसी मोर्चालाई संविधान संशोधनबारे शंका नगर्न आग्रह गरेको छ । मोर्चाले भनेआन्दोलनमा जानु उपयुक्त नभएको प्रतिक्रिया दिएको छ ।
सरकारले सोमबार वैशाख ३१ मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरिसकेको छ । त्यसविरुद्ध मधेसी मोर्चाले दबावमुलक आन्दोलन घोषणा गरेको छ ।
तर, सत्तारुढ माओवादीले भने संविधान संशोधनलाई टुंगोमा पुर्याएर निर्वाचन गर्ने सम्झौता र प्रतिवद्धतामा आफू कायमै रहेको बताएको छ ।
माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘संविधान संशोधन प्रस्ताव टुंगोमा पुर्याएपछि मात्र चुनावको मिति घोषणा गर्दा निर्वाचन आयोगलाई तयारीको समय नपुग्ने भएकाले मात्र अगाडि नै घोषणा गर्नु परेको हो ।संशोधन प्रस्ताव अघि बढ्छ ।’
उनका अनुसार संशोधन प्रक्रिया अघि बढाउनेबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको छ । र, सम्भवत आजै बैठक बस्नेछ ।
लगतै संसदमा दर्ता भएको संविधान संशोधन प्रक्रिया अघि बढाइने श्रेष्ठले बताए । संशोधनबारे संसदले निर्णय गर्ने भन्दै उनले भने, ‘हामीले सबैसँग कुराकानी गरिहेका छौं र संशोधन पास गराउन प्रयत्न गरिरहेका छौं ।’
उनले अहिले नै मधेसी मोर्चा आन्दोलनमा जानु उपयुक्त नभएको बताए । उनले भने, ‘संशोधन विधेयकलाई एउटा टुंगोमा पुर्याएपछि नै निर्वाचन हुने हो । संशोधन प्रस्ताव अघि नबढ्दा कि भन्ने आशंका नगरे हुन्छ ।’
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











