निर्वाचनमा पुरानै म्यादी प्रहरीलाई अवसर दिइने
काठमाडौं । स्थानीय निर्वाचनको घोषणासँगै निर्वाचन गराउन अपुग हुने सुरक्षाकर्मीमा पहिलेको निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई नै परिचालन गर्ने तयारी भएको छ । २०७० को निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई परिचालन गर्दा उनीहरु अनुभवी र इमान्दार भएकोले निर्वाचन शान्तिपूर्ण गर्न सहयोग पुग्ने एक प्रहरी नायव महानिरीक्षकले बताए ।
आगामी बैशाख ३१ गते घोषणा गरिएको स्थानीय निकायको निर्वाचनका लागि नेपाल प्रहरीबाट करिव ४८ हजार, सशस्त्र प्रहरी बलबाट करिव २५ हजार र राष्ट्रिय अनुसन्धान बिभागबाट करिव २ हजार सुरक्षाकर्मी परिचालित हुनेछन् । देशभरमा २१ हजारबढी निर्वाचन केन्द्र हुनेछन् । तीनका लागि करिव ५२ हजार म्यादी प्रहरी आवश्यक पर्छ ।
महानगरीय प्रहरी कार्यालयका निमित्त प्रमुख डिआइजी मिङ्मार लामाका अनुसार म्यादी प्रहरी छनोट, तालिम गर्न समय लाग्ने भएकोले २०७० को निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई परिचालन गर्नु उचित हुने भन्दै त्यसैअनुसारको सुझाव प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयमा दिइएको छ ।
प्रहरीका निमित्त महानिरीक्षक (आइजीपी) डा दिनेशचन्द्र पोख्रेलले राजधानीमा उपलब्ध डिआइजी र प्रहरी वरिष्ठ उपरीक्षकहरुसँग सोमबार साँझ नै निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाका विषयमा छलफल गरेका छन् । यता गृहमन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरुसँग गृहका अधिकारीहरुको बैठक मंगलबार बसेको छ ।
‘हामी पहिलो प्राथमिकता बिगतको निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई दिन्छौं, अपुग भएमा मात्र नयाँलाई भर्ना गर्ने तयारी छ ।’ गृहका एक अधिकारीले भने ।
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...












