स्थानीय निर्वाचन सफल बनाउन सञ्चारमाध्यमलाई प्रधानमन्त्रीको आग्रह

न्युज-नेपाल संवाददाता/काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निर्वाचन सफल बनाउन आग्रह गरेका छन् । सञ्चारग्राममा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचनलाई सफल बनाउनका लागि मिडियाले उपर्युक्त वातावरण बनाउन आग्रह गर्दै गणतन्त्र सुदृढ र संस्थागत नभएसम्म खतराहरु ल्याउनेतर्फ ठूलो तप्का लागेको वताए ।
दिवंगत तथा संघर्षशील पत्रकारको स्मृति र सम्मानमा प्रेस काउन्सिल नेपालले निर्माण गरेको कापी–कलम अंकित पत्रकार स्तम्भको अनावरणपछि प्रचण्डले १९ बर्षदेखि स्थानीय निकायमा निर्वाचन नहुँदा अनेकन विकृति र विसंगतीहरु मौलाएको, चुनौतीकावीच सरकारले स्थानीय निर्वाचनको घोषणा गरेको र गणतन्त्रको अनुभूति गर्नेगरी प्रतिफल दिन सक्ने अवस्थाको निम्ति चुनाव हुनैपर्ने र यसबाट गणतन्त्रको उपलब्धि संस्थागत हुने वताए ।
संविधानको घोषणाले सिंहदरवारको अधिकार जनतासम्म पुगेको र युद्धदेखि जनआन्दोलनसम्म पत्रकारको उल्लेखनीय भूमिका रहेको स्मरण गराउँदै प्रेस स्वतन्त्रता, प्रेस नीतिनियमको निर्माणका साथै प्रोत्साहनको लागि सरकार गम्भिर रहेको र काउन्सिलको पछिल्लो विद्युतीय माध्यम अभिलेखीकरण लगायतका गतिविधिले विसंगतिविरुद्ध ठूलो सन्देश दिएको प्रधानमन्त्री दाहालले वताए ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बलिदानीको कदरस्वरुप निर्मित पत्रकार स्तम्भ अनावरण कार्यक्रममा सकारात्मक आलोचनाबाट समाजलाई पारदर्शी बनाउँदै जनता र राजनेतालाई दिशाबोध गर्नुपर्नेमा जोड दिए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्र्णबहादुर कार्कीले स्वस्थ, मर्यादित पत्रकारिताको विकासका लागि काउन्सिलले निरन्तर प्रोत्साहनका कार्यक्रममा जोड दिएको धारणा व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट सशस्त्र द्वन्द्वपछि शंकास्पद र बेपत्ता गरी ३६ जना पत्रकारले ज्यान गुमाएका बताउनुहुँदै ऐतिहासिक नेपालको संविधानको कार्यान्वयनमा सवै पक्ष गम्भिर हुनुपर्ने धारणा व्यक्त गरे ।
विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुहुँदै बिद्युतीय सञ्चारमाध्यममा अलि अराजकता मौलाएको बताउँदै ऐतिहासिक संविधानसभा निर्वाचन ताका प्रेस काउन्सिल नेपालले मिडिया अनुगमन गरेको स्मरण गराए ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












