पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दीसँगै आमरण अनसन
काठमाडौं । पाँचथर र इलामका २ जना पत्रकारले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आमरण अनसन सुरु गरेका छन् । राजनीतिक भागबण्डाको आधारमा सदस्यता वितरण रोक्नु पर्ने उनीहरुको माग छ ।
महासंघको केन्द्रीय कार्यालयको मुल ढोकामा तालाबन्दी गरेर पत्रकारहरु लबदेव ढुंगाना र प्रेम अधिकारी चार बुँदे माग राख्दै अनसन बसेका हुन् । ढुंगाना पाँचथरका र अधिकारी इलामका पत्रकार हुन् ।
उनीहरुले इलाम र ताप्लेजुङ अधिवेशन विधान विपरित धाँधलीपूर्ण तरिकाले गरिएको दाबी गर्दै त्यसलाई खारेज गरी केन्द्रीय प्रतिनिधिद्वय खगेन्द्र पन्त र लक्की चौधरीलाई कारबाही गर्न माग पनि गरेका छन् ।
नक्कली विवाद खडा गरी पाँचथर शाखा लगायतमा विधान विपरित शाखा बाहिरबाट केन्द्रमा ल्याइएका नयाँ सदस्यता र नविकरणको कार्य तत्काल फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता नविकरण र स्थानान्तरणको अन्तिम टुंगो लगाएपछिमात्र महासंघ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन ६ महिनापछि तोक्नुपर्ने उनीहरुको माग छ ।
ढुंगाना र अधिकारीले दलीय भागबण्डाको आधारमा सदस्यता वितरण रोक्नुपर्ने, नेपाल पत्रकार महासंघका घोषित जिल्ला तथा प्रतिष्ठान शाखा अधिवेशनहरु तत्काल स्थगित गर्नुपर्ने लगायतका माग राखेका छन् ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












