देशका आठ स्थानमा आगलागीले ५५ लाखबढी क्षति
काठमाडौं । देशका विभिन्न स्थानमा आगलागी हुँदा ५५ लाख रुपैयाँबढीको क्षति भएको छ ।
कपिलबस्तुको महाराजगंज–७ बनगाई बस्ने अनिता पासीको घर र सोही स्थान बस्ने भोला कोरीको घरमा आगलागी हुँदा करीब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको हो । कंचनपुरको पुनरबास नगरपालिका–१ बिचफाँटा बस्ने देबे कामीको गोठ नजिकै बालेको आगोबाट आगलागी हुँदा करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको प्रहरीले जनाएको छ ।
बाराको कलैया नगरपालिका–३ का हिरालाल रामको भान्छा कोठामा बालेको चुलोबाट आगलागी हुँदा करीब २ लाख रुपैयाँ बराबरको धनमाल जलेको छ । मोरङको थलहा–८ का ५२ बर्षीय थेमन्त राजबंशीको फुसको घरमा बिजुली सर्ट भई आगलगी हुँदा थेमन्त राजबंशी लगायत ३ जनाको घरमा आगलागी भयो । करिव ५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको मोरङ प्रहरीले जनाएको छ ।
पर्साको बिरगंज उपमहानगरपालिका–२८ चण्डालचोका अम्बिकाप्रसाद मलाहको हार्डवयर पसलमा बुधबार करेन्ट सर्ट भई आगलागी हुँदा करीब ३ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कपासेका देउबहादुर बिकको घरमा खाना पकाउने क्रममा आगलागी हुँदा करीब ८ लाख रुपैयाँ बराबरको धनमाल जल्यो । यस्तै सुनसरी र बारामा पनि आगलागी भएको छ । बाराको गढि़माई नगरपालिका–९ नितनपुर चोकमा रहेको कृष्ण वनस्पति घ्यू उद्योगको गोदाममा बिजुली सर्ट भई आगलागी हुँदा करीब २५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बारा प्रहरीले जनाएको छ । हावाहुरीका कारण पछिल्लो समय आगलागीका घटना भइरहेका छन् ।
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











