शिवरात्रीमा पशुपति क्षेत्रका सबै रुटमा यातायात बन्द, यी रुट प्रयोग गर्नुहोस्
काठमाडौं । महाशिवरात्रीका अवसरमा तीर्थालु र भक्तजनको सहजताका लागि ट्राफिक प्रहरीले धेरै रुटमा सवारी साधन आवतजावतमा रोक लगाएको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी साधन प्रवेश रोक लगाएका रुटमा चावहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, ज्ञानेश्वर मैतिदेवि मोड्बाट रातोपुल हुदै गौशाला, मैतिदेवि चोकबाट पुरानोवानेश्वर, द्वारिका होटलको उत्तर तर्फको शाखा मार्ग र सिफल चौरबाट जयबागेश्वरी छन् ।
यस्तै लामापोखरी कुटुवहालबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशाला जान रोक लगाइएको छ । मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगा तर्पm जान पाउने छैनन् । जोरपाटी नारायणटारबाट करिडोर बाटोहुदै आउने मालवाहक सवारी साधनहरु गौरीघाट तर्फ आउन पनि रोक लगाएको छ । सिनामंगल पुलबाट करिडोरको मार्ग हुदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिल तर्फ निषेध गरिएको छ ।
ट्राफिक प्रहरीका अनुसार मालबाहक सवारी साधनलाई तीनकुनेबाट गौशालातर्फ र गोपिकृष्णबाट चावहिलतर्र्फ आउन रोक लगाएको छ । नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने सम्पूर्ण मालवाहक सवारी साधन तथा पानीका ट्याङ्करहरुलाई पनि शुक्रबार आवतजावत गर्न दिइने छैन ।
यात्रुबाहक सवारी साधनलाई नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ्गरोड परिक्रमा गर्नेलाई पुरानो बसपार्क, भद्रकाली, माईतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगासम्म जाने र सोहि मार्ग भएर फर्कने व्यवस्था मिलाएको छ । रातोपुल गौशाला, चावहिलहुँदै बौद्धतर्फ चल्ने सवारी साधनहरु पूरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्ध तर्फ जाने र सोहि बाटो फिर्ता हुने छन् । कलंकी, हलचोक, बालाजु, महाराजगंज भएर चल्ने बस मिनिबस, माईक्रो बसहरु सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोहि बाटो भएर फर्कनु पर्नेछ ।
रातोपुल, गौशाला भएर चावहिलतर्फ जाने माईक्रोबस र टेम्पोहरुलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटी तर्फ जाने र फर्कदा चावहिल, सुकेधारा, महाराजगंज, लाजिम्पाट, खानिविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाएको ट्राफिक प्रहरी प्रवक्ता एसपी लोकेन्द्र मल्लले बताए ।
शंखमुल, नयाँ बानेश्वर, पुरानो बानेश्वर तर्फबाट चल्ने माईक्रोबस तथा टेम्पोहरु पुरानो बानेश्वरबाट सेतोपुलहुँदै कालोपुल भएर करिडोरको बाटोहुँदै ओम अस्पताल निस्कनु पर्ने छ ।
तिलगंगामा दर्शनार्थी, तिर्थयात्री र विदेशी पर्यटक, अमालकोटमा भारतीय दर्शनार्थीका साना सवारी साधन र पासवाला सवारी साधन, सिफल चौरमा स्वदेशी तथा विदेशी दर्शनार्थी एवं तिर्थयात्रीका सवारी साधन, गौशाला प्रहरी प्रभागमा पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधन र पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा पासवाला सवारी साधन पार्किङ गर्नु पर्नेछ ।
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...












