भारतीयको रोजगारी जोगाउन भारतले अमेरिकासँग कुटनीतिक पहल गर्दै, उच्च अधिकारी अमेरिका जाँदै
नयाँ दिल्ली। नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका उच्च अधिकारीसँग छलफल र परामर्श गर्न भारतीय विदेश मन्त्रालयका उच्च पदस्थ कर्मचारी यसै महिनाको अन्त्यसम्ममा वासिङट्न भ्रमण गर्ने भएका एक भारतीय उच्च अधिकारीले बताएका छन् ।
संयुक्त राज्य अमेरिकामा हालै मात्र ट्रम्प प्रशासनले अमेरिकी ब्यापारिक वा अन्य संस्थाहरुले विदेशी प्राविधिक वा विशेष सीपयुक्त कर्मचारीलाई काममा लगाउन कठीन हुने प्रकृतिको विधेयक प्रस्तावना गरेको छ ।
यदि यस विधेयक अमेरिकी काङ्ग्रेसबाट पारित भएमा भारत वा अन्य मुलुकका प्राविधिक वा विशेष ज्ञान तथा सीप हासिल गरेका निपुण कर्मचारी समान योग्यताका अमेरिकीहरु सरह काम गर्न पाउने छैनन् ।
यस्तै तथा अन्य विषयमा उच्च पदस्थ अमेरिकी कर्मचारी संयन्त्रसँग छलफल र परामर्श गर्ने उद्देश्यले भारत सरकारका विदेश सचिब एस। जयशंकर जानु हुने भएको हो ।
साथै, केही दिन अघि क्यान्सास राज्यको एक रेष्टुराँ क्यान्सास सिटी बारमा एक जना अमेरिकी सन्काहाले कुनै उद्देश्य बिना जथाभावी गोली प्रहार गरेर अमेरिकामा कार्यरत एकजना भारतीय इन्जियरको हत्या गरेको र अर्कोलाई सख्त घाइते तुल्याएको हुँदा भारतीय विदेश सचिबले विदेशी कर्मचारीको सुरक्षाको प्रबन्ध बारे चासो राख्ने पनि छलफलको विषयबस्तु रहने जानकारी दिइएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता बिकास स्वरुपले विदेश सचिबको वासिङ्गटन भ्रमण बारे विस्तृत विवरण खुलाउन चाहेनन् । तर समाचार श्रोतका अनुसार विदेश सचिब जयशंकरले अमेरिकी विदेश मन्त्रालयका कार्यबाहक उप–बिदेशमन्त्री टम श्यानन र अन्य उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रशासन सम्हाल्न शुरु गर्नु भएको केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको निम्ता दिइसकेका छन् ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












