भारतीयको रोजगारी जोगाउन भारतले अमेरिकासँग कुटनीतिक पहल गर्दै, उच्च अधिकारी अमेरिका जाँदै
नयाँ दिल्ली। नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका उच्च अधिकारीसँग छलफल र परामर्श गर्न भारतीय विदेश मन्त्रालयका उच्च पदस्थ कर्मचारी यसै महिनाको अन्त्यसम्ममा वासिङट्न भ्रमण गर्ने भएका एक भारतीय उच्च अधिकारीले बताएका छन् ।
संयुक्त राज्य अमेरिकामा हालै मात्र ट्रम्प प्रशासनले अमेरिकी ब्यापारिक वा अन्य संस्थाहरुले विदेशी प्राविधिक वा विशेष सीपयुक्त कर्मचारीलाई काममा लगाउन कठीन हुने प्रकृतिको विधेयक प्रस्तावना गरेको छ ।
यदि यस विधेयक अमेरिकी काङ्ग्रेसबाट पारित भएमा भारत वा अन्य मुलुकका प्राविधिक वा विशेष ज्ञान तथा सीप हासिल गरेका निपुण कर्मचारी समान योग्यताका अमेरिकीहरु सरह काम गर्न पाउने छैनन् ।
यस्तै तथा अन्य विषयमा उच्च पदस्थ अमेरिकी कर्मचारी संयन्त्रसँग छलफल र परामर्श गर्ने उद्देश्यले भारत सरकारका विदेश सचिब एस। जयशंकर जानु हुने भएको हो ।
साथै, केही दिन अघि क्यान्सास राज्यको एक रेष्टुराँ क्यान्सास सिटी बारमा एक जना अमेरिकी सन्काहाले कुनै उद्देश्य बिना जथाभावी गोली प्रहार गरेर अमेरिकामा कार्यरत एकजना भारतीय इन्जियरको हत्या गरेको र अर्कोलाई सख्त घाइते तुल्याएको हुँदा भारतीय विदेश सचिबले विदेशी कर्मचारीको सुरक्षाको प्रबन्ध बारे चासो राख्ने पनि छलफलको विषयबस्तु रहने जानकारी दिइएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता बिकास स्वरुपले विदेश सचिबको वासिङ्गटन भ्रमण बारे विस्तृत विवरण खुलाउन चाहेनन् । तर समाचार श्रोतका अनुसार विदेश सचिब जयशंकरले अमेरिकी विदेश मन्त्रालयका कार्यबाहक उप–बिदेशमन्त्री टम श्यानन र अन्य उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रशासन सम्हाल्न शुरु गर्नु भएको केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको निम्ता दिइसकेका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












