मनोनयन दर्ता भएका क्याम्पसमा मात्र भए पनि निर्वाचन हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मोनयन दर्ता भएका क्याम्पसमा मात्रै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने भएको छ ।
त्रिविका प्रवक्ता भोला ढकालका अनुसार हिजोसम्म मनोनयन दर्ता भएका मुलुकभरका २५ वटा क्याम्पसमा त्रिविले तोकेकै समयमा चुनाव गराउने भएको छ ।
त्रिवि र विभिन्न विद्यार्थी संगठनबीच भएको सहमति अनुसार आज विहान साढे १० बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिए पनि विद्यार्थी संगठनकै आपसी मतभेदका कारण थप क्याम्पसमा मनोनयन दर्ता हुन सकेन ।
मुलुकभरका ६० वटा क्याम्पस मध्ये २५ वटामा मात्र मनोनयन दर्ता भएको त्रिविले जनाएको छ । फागुन १४ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको मिति फागुन १८ गतेलाई सारिए पनि सबै क्याम्पसमा निर्वाचनको वातावरण बन्न सकेको छैन ।
धेरै क्याम्पसमा कंग्रेस निकट नेविसंघ र माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच तालमेल भएपछि हार्ने डरले एमाले निकट अनेरास्ववियु तालावन्दीमा उत्रिएको ति संगठनको आरोप छ । अनेरास्ववियुले भने आरोपको खन्डन गरेको छ ।
Comments
अरु समाचार
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...












