नेपाल भाषाका जीवन्त अभिनेता रामशेखरको निधन
भक्तपुर, १६ फागुन । वरिष्ठ हास्य कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको आज बिहान निधन भएको छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका नकर्मीको आज बिहान निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । भक्तपुर नगरपालिका–६, इनाचोकका स्थायी बासिन्दा नकर्मी गत वर्षको भूकम्पले पुख्र्यौली घर भत्किएपछि वृद्धाश्रममा बस्दै आइरहनुभएको थियो ।
अद्वितीय प्रतिभाका धनी रामशेखरले आफ्नो जीवनको छ दशक हास्यव्यङ्ग्य लेखनमा बिताउनुभएको थियो । छ दशकको कला यात्रामा उहाँले व्यङ्ग्य लेखन मात्र नगरी आफैँले लेखेका प्रहसनहरुको निर्देशनका साथै त्यसमा अभिनयसमेत गर्नुभयो ।
विसं २०११–१२ सालदेखि कला क्षेत्रमा प्रवेश गर्नुभएको थियो । त्यसपछि नेपाल भाषाका थुप्रै टेलिसिरियल, फिल्ममा अभिनय, लेखन तथा निर्देशन गरेका उहाँले कवि दुर्गालाल श्रेष्ठसँग संयुक्त रुपमा नेपालभाषाको फिल्म ‘राजमति’ को लेखनसमेत गर्नुभएको थियो ।
विसं २०११ मा उहा“ले पहिलोपटक ‘समाज सुधार’ शीर्Èकको नेपाली नाटकमा अभिनय गर्नुभएको थियो । त्यसपछि उहा“ले ‘साहसी महिला’ शीर्कको अर्को एउटा नेपाली नाटकमा अन्धो भिखारीको सानो भूमिकामा अभिनय गर्नुभएको थियो भने सो नाटकका लागि उहाँले ‘प्रभु लेऊ शरण म भिखारी’ बोलको यो गीत रचना गर्नुका साथै गाउनुसमेत भएको थियो ।
नेपाल भाÈामा धेरै कथा लेख्नुभएका रामशेखर नकर्मीका कतिपय कथा नेपाली भाÈामा अनुवाद भएका छन् भने ‘मत ख्याः’ कथा अङ्ग्रेजी र ‘नसंफाःगु चा’ जापानिज भाÈामा समेत अनुवाद भएका छन् । ‘नसंफाःगु चा’ शीर्Èकको एउटै मात्र उपन्यास लेख्नुभएका रामशेखरले सो उपन्यासबाट दुई प्रतिष्ठित पुरस्कार ‘श्रेष्ठ सिरपा’ र ‘गंकी वसुन्धरा सिरपा’ प्राप्त गर्नुभयो । नेपाल टेलिभिजनबाट प्रसारण भएको नेपाल भाÈाको पहिलो टेलिफिल्म ‘१२ बजे’ का उहा“ लेखक एवम् अभिनेता हुनुहुन्थ्यो । उहाँले लेखन, निर्देशन, अभिनय गर्नुभएको पःखा (पर्खाल) चलचित्रले जापानमा भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘थर्ड फ्युचर अफ एसिया पुरस्कार’ पनि जित्न सफल भएको थियो ।
उहा“ले मह जोडीको ‘१५ गते’ र ‘लक्ष्मी’ लगायत नवीन सुब्बाको बहुप्रशंसित टेलिसिरियल ‘दलन’ तथा ऐतिहासिक पृष्ठभूमिमा बनेको चलचित्र ‘वीर गणेशमान’ समेतमा अभिनय गर्नुभएको थियो । उहाँका चार छोरा र चार छोरी हुनुहुन्छ ।
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...











