एमाले प्रदेश नं ३ कमिटीमा बाह्र मनोनीत
काठमाडौँ, १७ फागुन । नेकपा (एमाले) को ३ नं प्र्रदेश सङ्गठन कमिटीमा विभिन्न १२ जना मनोनीत भएका छन् ।
कमिटीका अध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार पार्टीको नियमावली अनुसार निम्नबमोजिम विभिन्न जिल्ला र विगतमा अञ्चल कमिटीमा रही काम गरेका कार्यकर्तालाई मनोनयन गरिएको छ ।
मनोनीत हुनेमा रामचन्द्र राई दनुवार (मकवानपुर), जगन्नाथ थपलिया (चितवन), सुरेन्द्र मोहन शर्मा (ललितपुर), महेश बस्नेत (भक्तपुर), गुरु बुर्लाकोटी (धादिङ), राजेन्द्र लोहनी (नुवाकोट), लालकुमार केसी (दोलखा), कृष्णराज श्रेष्ठ (सिन्धुपाल्चोक), कमला श्रेष्ठ, (काठमाडौँ), कमला पराजुली (काठमाडौँ), पेम्बा लामा मजदुर विशेष क्षेत्र, काठमाडौँ र रामहरि सुवेदी (काभ्रेपलाञ्चोक) हुनुहुन्छ ।
सो कमिटीले पार्टीले यही फागुन २१ गतेदेखि सञ्चालन गर्ने मेची–महाकाली अभियान सफल बनाउन आफ्नो तर्फबाट योगदान गर्न मातहतमा निर्देशन पनि दिएको छ । रासस
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...











