बिबिसीबाट मिश्रले दिए राजीनामा, यस्तो छ अबको योजना
काठमाडौं । बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले पूर्णकालीन राजनीति गर्न बिबिसी छोडेका छन््। उनले केही समयअघि नै दिएको राजीनामा आजदेखि लागू हुँदैछ। राजनीतिमा आउनेबारे उनले आजै घोषणा गर्दैछन्।
बिबिसीमा कार्यरत पत्रकारहरूका अनुसार आज बिबिसीमा मिश्रको अन्तिम दिन हो। मिश्रले केही समय अघिदेखि नै राजनीतिमा आउने कसरत गर्दै आएका थिए। लामो समयदेखि विभिन्न पार्टीका युवा नेताहरू, पूर्वप्रसाशक, स्वतन्त्र बुद्धिजीवीसँग उनले नयाँ पार्टी खोल्नुपर्ने आवश्यकता बारे छलफल गर्दै आएका थिए। मिश्रले नयाँ पार्टी खोल्न युवा नेताहरू गगन थापा, रवीन्द्र अधिकारी, घनश्याम भुसाल लगायतलाई मनाउन धेरै लामो समयसम्म प्रयास गरे। तर, उनीहरू आफ्नै पार्टीमा बसे।
पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग पनि उनले सँगै मिलेर पार्टी खोल्न लामो समयसम्म छलफल चलाएका थिए। पौडेल अहिले चीनका लागि नेपालको राजदूत छन्।
नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मिश्रलाई आफ्नो पार्टीमा ल्याउन धेरै प्रयत्न गरे पनि उनले नयाँ पार्टीका लागि नयाँ अनुहार चाहिने भन्दै भट्टराईको पार्टीमा जान अस्वीकार गरेका थिए।
अहिले मिश्रसँग टिममा को को छन् भन्ने एकिन छैन। तर, लेखक तथा यातायात अर्थशास्त्री सूर्यराज आचार्य, डा.सरोज धिताल, पूर्वमाओवादी नेता मुमाराम खनाललगायतको टिमले प्रारम्भिक तयारी गरिरहेको मिश्र निकटका मानिसहरू बताउँछन्।
डोटीको सिलगढीस्थित पद्मोदय माविमा ५ देखि ७ र दार्चुलाको खलंगास्थित महेन्द्र माविबाट ८ देखि १० कक्षासम्मको शिक्षा हासिल गरेका मिश्रले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका छन् । पाकिस्तानको पञ्जाव विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने क्रममा द न्युज इन्टरनेसनल अंग्रेजी दैनिकमा उनले साढे दुई वर्ष काम गरेको अनुभव बटुलेका छन् ।
त्यही क्रममा सन् १९९३ मा पाकिस्तानमा चुनाव भएका बेला बिबिसीलाई चुनावी रिपोर्टिङ गर्ने मौका पाएका रवीन्द्रले पछि बिबिसीमै काम गर्ने अवसर पाए। मिश्रले बेलायतको लन्डन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर हासिल गरेका छन्।
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...











