पत्रकार महासङ्घ सिन्धुलीमा कार्की
सिन्धुली, १८ फागुन । नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्षमा होमकुमार कार्की निर्वाचित हुनुभएको छ ।
सोमबार राति सम्पन्न निर्वाचबाट प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त समूहबाट युनियनका कार्की सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो । यस्तै महिला उपाध्यक्षमा चौतारीका विमला पाण्डे, सहसचिवमा प्रेस सोसाइटीका नवीन श्रेष्ठ र युनियनका वरुण लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ ।
खुल्ला उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा सहमति हुन नसकेपछि चौतारी र युनियनको संयुक्त समूह तथा प्रेस सेन्टरबीच निर्वाचन भएको थियो । त्यस्तै उपाध्यक्षमा टीकाजङ्ग थापा, सचिवमा विदुर पौडेल र कोषाध्यक्षमा लक्षमण घिमिरे निर्वाचित हुनुभएको छ ।
सदस्यमा विक्रम रत्न, सुजाता लामा, राधिका बुढाथोकी, जनक प्रधान, नवीनबाबु अधिकारी, धु्रवचन्द्र खड्का, पुष्कर थापा र अनिल भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ ।
यस्तै केन्द्रीय प्रतिनिधिमा सञ्जय दाहाल, द्वारिका काफ्ले, रमा कार्की, राजकुमार कार्की र श्यामहरि अधिकारी सर्वसम्मतले निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा विनोद रायामाझी, उमा पौडेल, लोकहरि आचार्य, शङ्खर कार्की, बाबुराम देवकोटा, प्रवीण बुढाथोकी र अञ्जु तामाङ दिमदोङ निवाचित हुनुभएको छ ।
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...











