कुन क्याम्पसमा कुन संगठनले जित्यो ? हेर्नुहोस् विभिन्न जिल्लाका स्ववियु निर्वाचनको परिणाम
काठमाडौँ । देशभरबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणाम आउने क्रम जारी छ ।
भक्तपुर – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भक्तपुरका दुईवटै क्याम्पसमा संयुक्त प्यानलले विजयी हासिल गरेको छ ।
भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ र नेमकिपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त समूह विजयी भएको छ ।
अध्यक्षमा दिनेश खड्गी, सचिवमा विवेक लामिछाने, कोषाध्यक्षमा मिलन गणेजू र सदस्यहरूमा विकल कुसी, झरना बोहरा, रिजना ग्वाछा, किशोर गोसाई, विनिता रिजाल, सुदीप घोरसाइनी र पुकार पराजुली विजयी भएका छन् ।
त्यसैगरी सानोठिमी क्याम्पसमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र नेपाल विद्यार्थी सङ्घको संयुक्त समूह विजयी भएको छ । स्ववियुको अध्यक्षमा रमेश खड्का, सचिवमा रामबहादुर केसी, कोषाध्यक्षमा पार्वती शर्मा र सदस्यहरूमा रेशमलाल श्रेष्ठ, वर्षा लम्साल, टिकेन्द्रप्रसाद भट्ट, भूषण तामाङ, यङजोर कार्की, ताराबहादुर कार्की, पूजा फुयाँल निर्वाचित भएका छन्् ।
गोरखा – गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा बुधबार राति सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा सभापतिमा नेपाल विद्यार्थी सङ्घका प्रवीन बस्नेत विजयी हुनुभएको छ । सचिवमा नेवि सङ्घकै पूजा न्यौपाने, कोषाध्यक्षमा नेवि सङ्घकै शोभा थापा विजयी हुनुभएको छ ।
यस्तै सदस्यमा नेवि सङ्घका दीपाश्री भट्टराई, शिवहरि तिमल्सेना, हसिना मियाँ, निर्मल श्रेष्ठ र राजु कोइराला तथा नयाँ शक्ति विद्यार्थी युनियनका राजकुमार गुरुङ विजयी भएका छन् ।
म्याग्दी – म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । निर्वाचनमा अनेरास्ववियुकी सावित्रा खत्री सभापतिमा, सचिवमा दलबहादुर रोका, कोषाध्यक्षमा दिनेश सुवेदी तथा सदस्यमा रश्मी रोका मगर, सिर्जना घर्तीमगर, भावना क्षेत्री, सुष्मा खत्री, कर्णबहादुर मल्ल र स्वस्तिका नेपाली विजयी भएका छन् ।
बाबियाचौरस्थित मङ्गला शिक्षा क्याम्पसमा अनेरास्ववियुको पूरै समूह विजयी भएको छ ।
कञ्चनपुर – कञ्चनपुरका तीनवटा क्याम्पसमध्ये दुईमा नेपाल विद्यार्थी सङ्घ र एकमा अनेरास्ववियु सभापतिमा विजयी भएको छ ।
रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडीमा नेवि सङ्घका आशा भट्ट र रामपुर बहुमुखी क्याम्पसमा सो सङ्गठनकै भगत राना सभापतिमा विजयी भएका छन् । महाकाली बहुमुखी क्याम्पस बेलौरीमा अनेरास्ववियुका सुशील चौधरी सभापतिमा विजयी भएका छन् ।
रौलेश्वर क्यामम्पसको सचिवमा अखिलका आशिष विष्ट, कोषाध्यक्षमा नेवि सङ्घका राजेश्वरी राना निर्वाचित भएका छन् ।
सदस्य पदमा रेवती ऐर, गौरी नेपाली, टेक सुनार, सुनिता विष्ट निर्वाचिन भएका छन् ।
रामपुर बहुुमुखी क्याम्पसमा सचिव पदमा नेवि सङ्घका माया चौधरी, कोषाध्यक्षमा गीता विष्ट निर्वाचित भएका छन् । महाकाली बहुमुखी क्याम्पसमा सचिवमा भगवती पाण्डे, कोषाध्यक्षमा मदनराज गिरी निर्वाचित भएका छन् ।
सल्लेरी (सोलुखुम्बु) – सोलुखुम्बु बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका विक्रान्त कुलुङसहित पूरै समूह, सोताङ पब्लिक क्याम्पसमा नेवि सङ्घकै धीरज राईसहित अनेरास्ववियुको संयुक्त समूह, हिमाल दर्शन क्याम्पस नेचामा नेवि सङ्घकै उद्योग राईसहित नेवि सङ्घको समूह निर्वाचित भएको छ ।
यस्तै दूधकोसी बहुमुखी क्याम्पस नेचामा नेवि सङ्घका ताराबहादुर खत्रीसहितको समूह, बिपी संस्कृत विद्यापीठमा अखिल क्रान्तिकारीका युवराज बाँस्तोला नेतृत्वको समूह निर्वाचित भएको छ ।
झापा – झापाको निर्वाचन भएका नौमध्ये तीनवटा क्याम्सपमा नेवि सङ्घले जित हात पारेको छ । गठबन्धन र एकलसहित नेवि सङ्घले गौरीगञ्ज बहुमुखी क्याम्पस गौरीगञ्ज, गरामनि क्याम्पस र काँकडभिट्टा क्याम्पसमा जित हासिल गरेको हो । एमाले निकट अनेरास्ववियुले गौरादह क्याम्पस र त्रिदेव क्याम्पस, चारआलीमा जित हासिल गरेको छ भने देवी क्याम्पसमा अखिल क्रान्तिकारीको समूह नै विजयी भएको छ ।
गौरीगञ्ज बहुमुखी क्याम्पसमा नेवि सङ्घका देवकुमार ताजपुरिया सभापतिमा, गुञ्जन कोइराला सचिव र अखिल र राप्रविसङ्घ संयुक्त समूहका षडानन्द यादव विजयी भएका छन् । गरामनिस्थित दुर्गा क्याम्पसको सभापतिमा संयुक्त समूहका विनोद उप्रेती सचिवमा युवराज भुजेल र कोषाध्यक्ष सरोज न्यौपाने खत्री विजयी भएका छन् ।
गौरादह बुहुमुखी क्याम्पसको सभापतिमा कमल पौड्याल, सचिवमा अखिलका झलनाथ ढुङ्गाना र कोषाध्यक्षमा अखिलकी मेनुका पाठक विजयी भएका छन् ।
काँकडभिट्टा बहुमुखी क्याम्पसको सभापतिमा नेवि सङ्घका सुरज सुवेदी, सचिवमा सञ्जिव थापा र कोषाध्यक्षमा दिलिसा श्रेष्ठ विजयी भएका छन् भने त्रिदेव बहुमखी क्याम्पस चारआलीमा अनेरास्ववियुको समूहबाट सभापतिमा लक्ष्मीप्रसाद न्यौपाने, सचिवमा मुकुन्द तामाङ र कोषाध्यक्षमा मुना मिश्र विजयी भएका छन् ।
देवी क्याम्पस बिर्तामोडको सभापतिमा अखिल क्रान्तिकारीका पदम खड्का विजयी भएका छन् ।
बर्दिया – यहाँका १० वटा क्याम्पसमध्ये सातवटामा निर्वाचनमा चुरे बहुमुखी क्याम्पस वग्नाह, अमर सहिद बहुमुखी क्याम्पस राजापुर, बासगढी बहुमुखी क्याम्पस बासगढी, बर्दिया बहुमुखी क्याम्पस र शारदा बहुमुखी क्याम्पस मैनापोखरमा नेपाल विद्यार्थी सङ्घ सभापति पदमा विजयी भएको छ ।
यसैगरी गुराँस बहुमखी क्याम्पस सानो श्रीमा अखिल र अखिल क्रान्तिकारीको संयुक्त समूहले सभापतिमा विजयी भएको छ ।
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...












