गाउँपालिकाको केन्द्र माग गर्दै बेनीमा प्रदर्शन
म्याग्दी, २० फागुन । म्याग्दीमा प्रस्तावित रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्न माग गर्दै बेनीमा दबाबमूलक विशाल जनप्रदर्शन गरिएको छ ।
रघुगङ्गा गाउँपालिका नागरिक आन्दोलन सङ्घर्ष समितिको आह्वानमा बिहीबार सदरमुकाम बेनीमा प्रस्तावित रघुगङ्गा गाउँपालिकामा समावेश भएका पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गरी पाँच गाविसवासीले नाराबाजी सहित विरोध ¥याली गरेका हुन् ।
स्थानीय तहको पुनःसंरचनाका लागि गठित आयोगले रघुगङ्गा गाउँपालिकाको केन्द्रको विषयमा देखिएको विवादका कारण गुगल नक्साङ्कनका आधारमा अस्थायी केन्द्रका रुपमा पाखापानीलाई तोकेपछि उक्त केन्द्र अपायक पर्ने पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोलावासीले चरणबद्ध आन्दोनमा उत्रिएका छन् ।
कालीपुलबाट सुरु भएको बृहत् विरोध ¥यालीले गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक हुँदै जिल्ला प्रशासन कार्यालयअगाडि पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले साङ्केतिक रुपमा जिल्ला प्रशासन कार्यालयअगाडि ‘काम रोक’ धर्ना दिएर गाउँपालिकाको केन्द्र मौवाफाँटलाई बनाउन दबाबसमेत दिएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै आन्दोलनका अगुवा देवेन्द्र केसी, भवबहादुर भण्डारी, बालकृष्ण सुवेदी, विनोद केसी र गमबहादुर पुनले बहुसङ्ख्यक जनतालाई सास्ती हुनेगरी गाउँपालिकाको केन्द्र तोकिनु गम्भीर गल्ती भएको भन्दै तत्काल जिल्लास्थित राजनीतिक नेतृत्व र सम्बन्धित सरोकारवालाले गल्ती सच्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
आफ्ना मागलाई बेवास्ता गरी यथास्थितिमा आगामी निर्वाचन गर्न खोजिएमा त्यसको सशक्त प्रतिवाद गर्दै आम नागरिकबाट निर्वाचन बहिष्कार तथा अवज्ञा गर्ने उद्घोष गर्दै उहाँहरुले गाउँपालिकामा समावेश भूगोलको करिब ८५ प्रतिशत जनसङ्ख्यालाई भौगोलिक सुगमता हुने गरी मौवाफाँटलाई केन्द्र नतोकेसम्म आन्दोलन जारी रहने घोषणा गरेका छन् ।
मौवाफाँट केन्द्र तोक्न माग गर्दै आन्दोलित बनेका स्थानीयवासीले बुधबार जिल्ला निर्वाचन कार्यालय र जिविसमा तालाबन्दी गरिसकेका छन् । उनीहरुले गाउँपालिकामा पर्ने बेनी–जोमसोम सडकखण्डको गलेश्वरदेखि बेगखोलासम्मको सडक अनिश्चितकालका लागि बन्द गरेका छन् जसका कारण हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रा गर्ने यात्रु समस्यामा परेका छन् । रासस
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












