लोडसेडिङका मतियारहरु मौलाए: सिन्धुपाल्चोकमा एमालेले ढाल्यो विद्युत्को पोल
काठमाडौं । ऊर्जा मन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङ हट्न थालेपछि अत्तालिएका विद्युत चोर र माफियाले अब बिजुलीको पोल ढाल्नेदेखि ट्रान्समिटर बिगार्नेसम्मका हर्कत गर्न थालेका छन् । सिन्धुपाल्चोकको खाडीचौरमा ढलेको पोल र बानेश्वरमा बिग्रिएको भनिएको ट्रान्समिटरका विषयमा नेपाल विद्युत प्राधिकरणले छानविन गर्ने भएको छ । खाडीचौरमा एमालेको युवा संघका इन्चार्ज समेत रहेका शेरबहादुर तामाङको नेतृत्वमा रहेको गुण्डाटोलीले प्राधिकरणको प्रसारण लाइन ढालेको पत्ता लागेको छ । लोडसेडिङ घटेपछि एमालेको व्यापार कम भएको, कसिमन आउन छाडेको तथा कमाइ धन्दा सूक्न थालेपछि संस्थागत रुपमा नै विद्युत्को टावर ढाल्ने, पोल बिगार्ने, ट्रान्समिटर बिगार्न लागिपरेको पत्ता लागेको छ । प्राधिकरणले सुरक्षा पर्खाल लगाएको, बालुवा एवम् कंक्रिडको पर्खाल लगाएको प्रसारण लाइन नै ढाल्नुको पछाडि एमाले संस्थागत रुपमा विद्युत्को पोल ढालेर अध्यारोको व्यापार गर्न चाहन्छ भन्ने स्थापित भएको छ ।
गत फागुन ६ गते राति सुनकोशीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनअन्तरगत खाडीचौर अँधेरी खण्डमा पर्ने ६ नम्बर खम्बा ढल्यो । सो खम्बा ढल्नुभन्दा अघि त्यहाँको टावर जोखिममा परेका कारण खम्बाको जगमा जाली राखेर मर्मत गरिएको थियो ।
फागुन ६ गते राति खम्बाको जगमा जाली राखेर कामदारहरु घरतर्फ लागे । तर, कामदारहरु घर फर्किएपछि मध्यरातमा शंकास्पद रुपमा टावर ढल्यो । यो टावर नढलेको भए ७ गते मर्मतको काम सकिने थियो ।
प्राधिकरणका प्राविधिकहरुले सो खम्बा प्राकृतिक रुपमा नभई नियतवस जग फोडेर ढालिएको निश्कर्ष निकालेका छन् । सो समयमा कुनै हवाहुरी नआएको र अन्य कुनै प्राविधिक कारणसमेत नदेखिँदा प्राधिकरणलाई संशयमा पारेको हो । यसबारे प्राधिकरणका अधिकारीहरुले आन्तरिक रुपमा अनुसन्धान अधि बढाएको बताइन्छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले गरेको अनुसन्धानमा एमाले नेता शेरबहादुर तामाङको नेतृत्वमा रहेको गुण्डाटोलीले टावर तोडफोड गरेको पाइएको छ । अध्यारोको व्यापार सुकेपछि खड्ग ओलीले देशभरका प्रसारण लाइन तोडफोड गर्न गुण्डाहरु परिचालन गरेको बुझिएको छ । जिल्ल प्रहरी सिन्धुपाल्चोकले शेरबहादुर तामाङको नाम लिनुले पनि एमाले संस्थागत रुपमा नै टावर ढाल्न लागिपरेको आशंकामा थप बल पुगेको हो ।
नियतवस फेरि यस्तै अर्को घटना यही मंगलबार बिहानै भएको छ । ललिपपुरको इमाडोल १ मा फिडर केबल विनाकारण पड्किएको छ । गत कात्तिकमा पनि यस्तै शंकास्पद घटना भएको थियो ।
विद्युत प्राधिकरणले यो घटना कसरी भएको भनेर खोजी गर्दैछ । अहिले कतै कुनै प्राविधिक समस्या थियो कि थिएन भनेर पेट्रोलिङ भइरहेको प्राधिकरणले जनाएको छ । अहिलेसम्म कुनै त्यस्तो प्राविधिक कारण प्राविधिकहरुले फेला पारेका छैनन्, जसका कारण यति ठूलो फिडर केबल जलोस् । प्राधिकरणका कार्यरत एमाले निकटका कर्मचारी यूनियनका अध्यक्ष रामेश्वर पौडेल, पूर्व अध्यक्ष रामप्रसाद रिमालले पैसा नै दिएर केही कर्मचारीलाई प्राविधिक उपकरण बिगार्न र लोडसेडिङ गराउन आपराधिक टोली परिचालन गरेको पत्ता लागेको छ । बानेश्वरमा केही समय पहिले मुसाले तार काटेको भनिएको थियो । पछि अध्ययनबाट के पत्ता लाग्यो भने जानाजान एमाले निकटका कर्मचारीले बानेश्वरमा केवल काटेको र ट्रान्समिटर बिगारेको पाइएको थियो । यस्तै लैनचौरमा बिरालोले केवल बिगा¥यो, ट्रान्समिटर बिगा¥यो भनियो, तर त्यहाँ पनि एमाले निकटका कर्मचारीले बिगारेको फेला परेको छ । पछिल्ला दिनमा जाना जानकन विद्युत्को प्रसारण लाइन बिगारिएको छ । कही भाटाले हानेर केवल चुडाइएको छ भने कहि ट्रान्सफर्मर बगिारिएको छ ।
मंगलबार बिहानको यो घटनाले बानेश्वर सव स्टेशनका २ वटा १८ एमभीए क्षमताका ट्रान्सर्फमर बन्द भएका छन् । र, यो ट्रान्सर्फमरबाट वितरण गरिने ३६ एमभीए बराबरको बिजुलीको आपूर्ति बन्द भएको छ । जसले गर्दा बानेश्वर एरियामा लोडसेडिङ भएको थियो ।
इमाडोलको फिडर जलेको घटना शंकास्पद देखिएको प्राधिकरणका अधिकारीहरु बताउँछन् । विशेष गरी काठमाडौंमा लोडसेडिङ अन्त्यको घोषणा भएपछि लगातार यस किसिमका घटना भइरहेका छन् । विभिन्न समयमा विना प्राविधिक कारण प्रणालीमा समस्या ल्याउने प्रयत्न भइरहेको देखिएको छ ।
यसबारे जिज्ञासा राख्दा प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले प्राविधिक रुपमा वितरण प्रणाली चुस्त भएकै समयमा ठूला किसिमका घटना दोहोरिनुले केही संशय पैदा भएको बताउँछन् । ‘विद्युत प्रणालीमा कहिलेकाँही प्राविधिक समस्या त आउने नै गर्छन्, तर यस्ता घटनाहरु बारम्बार आइरहनुले हाम्रो विद्युतीय संरचनाहरुको सुरक्षाप्रति गम्भीर चासो र संशय उत्पन्न गराएको छ’ अधिकारीले भने, ‘किन यस्ता घटना दोहोरिइरहेका छन् भनेर अब सुक्ष्म निगरानी गर्नुपर्ने अवस्था देखिएको छ ।’
विद्युत वितरण प्रणालीलाई चुस्त राख्न प्राधिकरणले पछिल्लो समयमा विभिन्न प्रयत्न गरिरहेको छ । तर, प्राधिकरणको वर्तमान काम गराईसँग असन्तुष्ट भएकाहरुले यस किसिमको घटना गराइरहेको आशंका गरिएको छ ।
काठमाडौंमा यो वर्ष लोडसेडिङ नहुने पक्का भइसकेको छ । बिजुलीको चरम अभाव हुने फागुनको मध्य अवधिलाई प्राधिकरणले पार लगाइसकेकको छ । अब हिउँ पग्लिएर नदीहरुमा पानीको बहाव बढ्ने भएकाले उत्पादन बिस्तारै बढ्दै जाने अवस्था छ ।
यही कारण जसरी पनि प्राधिकरणको वर्तमान नेतृत्वसहित उनको टीमलाई असफल पार्न प्रणालीलाई बिगार्ने गरी विभिन्न बदमासीहरु भइरहेका छन् । यसलाई अब बेलैमा छानविनमार्फत नियन्त्रण नगरे षडयन्त्रकै माध्यमबाट काठमाडौंलाई फेरि अन्धकारमा पुर्याउने अदृश्य शक्ति सफल हुने निश्कर्ष प्राधिकरणकै प्राविधिकहरुले पनि निकालेका छन् ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी विद्युत प्रणाली निकै संवेशदनशील हुने भएकाले सानो बदमासी गर्दा पनि त्यसको असर ठूलो पर्ने बताउँछन् । पछिल्ला समयमा लगातार विभिन्न मानवीय बदमासीले उत्पन्न समस्या बढ्दै जाँदा सबै पक्ष यसमा चनाखो हुनुपर्ने अवस्था आएको बताउँछन् ।
#जन आह्वान साप्ताहिकमा खबर छ ।
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...











