इलाममा खानेपानीको संकट
इलाम, २० फागुन । इलाम सदरमुकाममा पानी आपूर्ति गर्ने आयोजनाको दीर्घकालीन समस्या समाधान नहुँदा हिउँद–बर्खा नै पिउने पानीको समस्या हुने गरेको छ ।
सुख्खायाममा मूल सुकेर पानी नआउँदा समस्या खेप्ने उपभोक्ता बर्खा लाग्नासाथ विभिन्न स्थानमा हुने क्षतिका कारण पिउने पानीबाट वञ्चित हुन्छन् । इलाम सदरमुकामका बासिन्दालाई प्रतिसेकेन्ड २४ लिटर पानीको आवश्यकता छ ।
सदरमुकाममा पानी आपूर्ति हुँदै आएको भाँडीखोला मुहानमा प्रतिसेकेन्ड एक लिटरजति मात्र पानी आउँछ । ३१ किलोमिटर टाढाको गिताङ मुहानबाट ल्याइएको पाइप लाइन विभिन्न स्थानमा जीर्ण हुँदा सुख्खायाममा थोरै पानीमात्र आउँछ । यो मुहानबाट प्रतिसेकेन्ड साढे पाँच लिटर पानी आउने गरे पनि पटकपटक अवरोध हुने गरेकाले सदरमुकामको खानीपानी समस्या हिउँद लागेसँगै चर्किने गरेको छ ।
लामो दूरी, भौगोलिक विकटता र प्राविधिक रूपमा असफल मानिएको गिताङ मुहानको पानीको भरोसा सदरमुकामवासीको एकमात्र विकल्प हो । माइमझुवाको नर्सरी क्षेत्रमा पूरै दलदल रहेको र करिब ४० मिटर जति क्षेत्र पहिरोको मुखमा रहेकाले पटकपटक बिग्रने गरेको इलाम नगरपालिकाले जनाएको छ ।
जडान भएका तीन हजार धारामा हजारौँ परिवार आश्रित छन् । नियमित पानी नआउने भएपछि ढुङ्गे धारामा दिनरात भीड लाग्ने गरेको छ । बढ्दो सहरीकरणले कतिपय ढुङ्गे धारा सुकेका छन् भने भएकामा पनि पर्याप्त पानी आएको छैन ।
दीर्घकालीन समाधानका लागि तेस्रो साना सहरी खानेपानी आयोजना लागू गर्ने भनिए पनि कार्यान्वयन भएको छैन । तत्काल समाधानका लागि जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयमार्फत गिताङबाट नयाँ पाइपलाइन बिछ्याउन थालिएको थियो । आयोजना आउने भनेपछि त्यसको काम रोकिएको छ । करिब रु एक करोड ५० करोड खर्चेर सात किमी पोलिथिन पाइप बिछ्याइए पनि निर्माण कार्य रोकिएको हो ।
थप १३ किमी पाइपलाइन बिछ्याएर चारखाँदेस्थित फिल्टर प्लान्टमा त्यो लाइन जोड्ने लक्ष्य थियो । तत्काल समाधानका लागि नयाँ बिछ्याइएको पाइपलाइनबाट फिल्टरप्लान्ट नल्याई सुलुवुङ र माइमझुवाबीचमा पुरानो लाइनमा जोडेर छिटो आवश्यकता पूरा गर्ने विकल्प पनि नगरपालिकाले सोचेको थियो । तर कुनै काम हुन नसक्दा समस्या जटिल बन्दै गएको छ ।
यसै वर्षदेखि खानेपानी व्यवस्थापनको जिम्मा लिएको नगरपालिकाले खानेपानीको न्यूनतम महसुलमा वृद्धि गरी रु दुई सय पु¥याएको छ । महसुल दोब्बर वृद्धि भएपछि व्यवस्थापन सुदृढ हुनुपर्ने उपभोक्ताको माग छ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












