एमालेको मेचीमहाकाली अभियानले निर्वाचन सफल पार्न मद्दत पुग्छ : अध्यक्ष ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको शनिबारदेखि मेची–महाकाली राष्ट्रिय अभियान सुरु भएको छ ।
सुखानी सहिद स्मृति दिवसको अवसरमा एमालेले राष्ट्रिय एकताको सन्देश दिन र संविधान कार्यान्वयनका लागि भन्दै झापाको काँकडभिट्टाबाट अभियान थालनी गरेको हो ।
अभियान एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सुभारम्भ गरे । अभियान सुभारम्भ गर्दै एमाले अध्यक्ष ओलीले राष्ट्रिय एकता, संविधान कार्यान्वयन, लोकतन्त्रका निम्ति मेची–महाकाली अभियान सुरु गरिएको बताए ।
उनले यो अभियानबाट विभिन्न जाति, समुदाय, भाषाभाषी सबै नेपाली सम्पन्न बनाउन र देश समृद्धिका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले आफ्नो पार्टी सबैका अधिकारका लागि लडेको भन्दै मेची–महाकाली अभियानले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण निर्वाचन सफल बनाउने पनि दाबी गरे ।
अभियानमा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पोखरले, पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वगृहमन्त्री वामदेव गौतम, भीम रावल, योगेश भट्टराईलगायतका नेताहरु, पार्टीका सांसदहरु, कार्यकर्ताहरुको सहभागी छन् ।
१५ दिने अभियानमा तराईका २२ जिल्लालाई समेट्ने गरी ३५ स्थानमा आमसभा आयोजना गरिने एमालेले जनाएको छ । काँकडभिट्टाबाट सुरु अभियान महाकालीको सुर्खेत पुगेर टुंगिने छ ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












