माओवादी केन्द्र सुर्खेतको जिल्ला सम्मेलन स्थगित
सुर्खेत, फागुन २१ । यही फागुन २१ र २२ गते हुने भनिएको नेकपा ‘माओवादी केन्द्र’ सुर्खेतको जिल्ला सम्मेलन स्थगित भएको छ ।
केन्द्रको परिपत्र अनुसार जिल्ला सम्मेलन स्थगित भएको नेकपा माओवादी केन्द्र सुर्खेतलले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । जिल्ला सम्मेलनको तयारीका लागि माओवादी केन्द्रले जिल्लाको सिम्ता गाउँपालिका बाहेक अरु सबै नगरपालिका र गाउँपालिका तथा तिनका वडाहरुको सम्मेलन सम्पन्न गरेको थियो ।
माओवादी केन्द्रले अब जिल्ला सम्मेलनको सट्टा जनसभा, कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । चैत को ११ गते आयोजना गरिने जनसभा, कार्यकर्ता भेला तथा प्रशिक्षणमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने जानकारी दिएको छ ।
सम्मेलनमा बोल्दै जिल्ला संयोजक कृष्ण जिसीले स्थानीय तहको निर्वाचनको घोषणा भएकोले सम्मेलन स्थगित गरेर निर्वाचनमा केन्द्रित भएको बताए । उनले पार्टीका गतिविधिहरुको बारेमा जानकारी दिदै आफूहरु निर्वाचनमा होमिएको बताए । उनले सोही निर्वाचनलाई सहयोग हुने र संविधान कार्यान्वयनलाई सहयोग गर्ने गरी सुर्खेतमा चैत्र ११ गते जनसभाको आयोजना गरिएको बताए ।
संयोजक जिसीले जिल्लाका सबै नगरपालिकार गाउँपालिकाहरुका वडाहरुमा आफूहरु पुगेर संगठन सुदृढिकरण गरेको भन्दै यो अवधिमा यस अघि विभाजित हुनुका साथै निष्कृय भएका गाउँका कर्यकर्ताहरु र अन्य राजनीतिक दलहरुमा प्रवेश गरेका कार्यकर्ताहरु आफ्नै पार्टीमा फर्किएको बताए ।
माओवादी कै एजेण्डाहरु संविधानमार्फत आएकोले तिनै कुराहरु लिएर गाउँमा जाँदा जनताहरु खुसी भएको भन्दै अबको निर्वाचन आफ्नो पक्षमा पार्नका लागि रणनीतिहरु तयार गरिएको संयोजक जिसीले बताए ।
अब हुने स्थानीय तहको निर्वाचनको लागि माओवादी केन्द्रले उम्मेदवार छनौटका लागि समेत प्रारम्भीक सर्वेषण सुरु गर्ने जनाएको छ । समावेशी सिद्धान्तका आधारमा लोकप्रीय र सक्षम उम्मेदवारहरु छिट्टै सार्वजनिक गरिने माओवादी केन्द्रले जनाएको छ । यसका लागि केही सूचकहरु तयार गरिएको र सबैभन्दा बढी सूचक पुरा भएका उम्मेदवारहरु छनौट गरिने माओवादीले जनाएको छ ।
यस पटक माओवादीले निर्वाचन आफ्नो पक्षमा पार्न र उम्मेदवारको सुरक्षाका लागि पूर्व लडाकुहरु र सहायक संगठनका रुपमा रहेको योङ्ग कम्यिुनिष्ट लीग ‘वाइसिएल’ लाई परिचालन गर्ने जनाएको छ । सुर्खेतमा अहिले ७ सय ५० जना पूर्व लडाकु रहेको भन्दै माओवादीले उनीहरुलाई निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ ।
त्यसका लागि महिला पूर्व लडाकुहरु र पुरुष पूर्व लडाकुहरुको संगठनहरु पनि निर्माण गरिएको माओवादी केन्द्रले जनाएको छ । निर्वाचनका लागि माओवादी केन्द्रले नगरपालिका र गाउँपालिकाका वडाहरुमा पनि वाईसिएल गठन गरेको छ ।
यसैबीच माओवादीले जल्लामा पार्टी संगठनलाई तल्लो तहदेखि नै चुस्तदुरुस्त बनाएको छ । गाउँपालिका र नगरापलिका तथा तिनका वडाहरुको सम्मेलनका क्रममा काँग्रेस र एमालेबाट ९ सय जना माओवादी केन्द्रमा प्रवेश गरेको जनाएको छ । त्यसमध्येमा ३१ जना नेकपा ९एमाले० का संगठित सदस्यहरु, १७ जना नेपाली काँग्रेसका त्रिलयाशिल सदस्यहरु र बाँकी ती दुई दलका शुभचिन्तकहरु भएको माओवादी केन्द्रले जनाएको छ ।
यस्तै माओवादी केन्द्रले नयाँ संविधानको मर्म अनुसार जिल्लाका तीन वटा प्रस्तावित काउँपालिका, पाँच वटा नगरपालिका समिति र ८८ वटा वडा समितिहरु गठन गरेको छ । जसमा जम्मा सदस्यहरु दुइ हजार दुइ सय २० रहेका छन् । यस्तै तीन हजार ८ सय १३ जनाले पार्टी सदस्यता नविकरण गरेको माओवादी केन्द्र सुर्खेतका संयोजक जिसीले जानकारी दिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












