माओवादी केन्द्र सुर्खेतको जिल्ला सम्मेलन स्थगित
सुर्खेत, फागुन २१ । यही फागुन २१ र २२ गते हुने भनिएको नेकपा ‘माओवादी केन्द्र’ सुर्खेतको जिल्ला सम्मेलन स्थगित भएको छ ।
केन्द्रको परिपत्र अनुसार जिल्ला सम्मेलन स्थगित भएको नेकपा माओवादी केन्द्र सुर्खेतलले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । जिल्ला सम्मेलनको तयारीका लागि माओवादी केन्द्रले जिल्लाको सिम्ता गाउँपालिका बाहेक अरु सबै नगरपालिका र गाउँपालिका तथा तिनका वडाहरुको सम्मेलन सम्पन्न गरेको थियो ।
माओवादी केन्द्रले अब जिल्ला सम्मेलनको सट्टा जनसभा, कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । चैत को ११ गते आयोजना गरिने जनसभा, कार्यकर्ता भेला तथा प्रशिक्षणमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने जानकारी दिएको छ ।
सम्मेलनमा बोल्दै जिल्ला संयोजक कृष्ण जिसीले स्थानीय तहको निर्वाचनको घोषणा भएकोले सम्मेलन स्थगित गरेर निर्वाचनमा केन्द्रित भएको बताए । उनले पार्टीका गतिविधिहरुको बारेमा जानकारी दिदै आफूहरु निर्वाचनमा होमिएको बताए । उनले सोही निर्वाचनलाई सहयोग हुने र संविधान कार्यान्वयनलाई सहयोग गर्ने गरी सुर्खेतमा चैत्र ११ गते जनसभाको आयोजना गरिएको बताए ।
संयोजक जिसीले जिल्लाका सबै नगरपालिकार गाउँपालिकाहरुका वडाहरुमा आफूहरु पुगेर संगठन सुदृढिकरण गरेको भन्दै यो अवधिमा यस अघि विभाजित हुनुका साथै निष्कृय भएका गाउँका कर्यकर्ताहरु र अन्य राजनीतिक दलहरुमा प्रवेश गरेका कार्यकर्ताहरु आफ्नै पार्टीमा फर्किएको बताए ।
माओवादी कै एजेण्डाहरु संविधानमार्फत आएकोले तिनै कुराहरु लिएर गाउँमा जाँदा जनताहरु खुसी भएको भन्दै अबको निर्वाचन आफ्नो पक्षमा पार्नका लागि रणनीतिहरु तयार गरिएको संयोजक जिसीले बताए ।
अब हुने स्थानीय तहको निर्वाचनको लागि माओवादी केन्द्रले उम्मेदवार छनौटका लागि समेत प्रारम्भीक सर्वेषण सुरु गर्ने जनाएको छ । समावेशी सिद्धान्तका आधारमा लोकप्रीय र सक्षम उम्मेदवारहरु छिट्टै सार्वजनिक गरिने माओवादी केन्द्रले जनाएको छ । यसका लागि केही सूचकहरु तयार गरिएको र सबैभन्दा बढी सूचक पुरा भएका उम्मेदवारहरु छनौट गरिने माओवादीले जनाएको छ ।
यस पटक माओवादीले निर्वाचन आफ्नो पक्षमा पार्न र उम्मेदवारको सुरक्षाका लागि पूर्व लडाकुहरु र सहायक संगठनका रुपमा रहेको योङ्ग कम्यिुनिष्ट लीग ‘वाइसिएल’ लाई परिचालन गर्ने जनाएको छ । सुर्खेतमा अहिले ७ सय ५० जना पूर्व लडाकु रहेको भन्दै माओवादीले उनीहरुलाई निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ ।
त्यसका लागि महिला पूर्व लडाकुहरु र पुरुष पूर्व लडाकुहरुको संगठनहरु पनि निर्माण गरिएको माओवादी केन्द्रले जनाएको छ । निर्वाचनका लागि माओवादी केन्द्रले नगरपालिका र गाउँपालिकाका वडाहरुमा पनि वाईसिएल गठन गरेको छ ।
यसैबीच माओवादीले जल्लामा पार्टी संगठनलाई तल्लो तहदेखि नै चुस्तदुरुस्त बनाएको छ । गाउँपालिका र नगरापलिका तथा तिनका वडाहरुको सम्मेलनका क्रममा काँग्रेस र एमालेबाट ९ सय जना माओवादी केन्द्रमा प्रवेश गरेको जनाएको छ । त्यसमध्येमा ३१ जना नेकपा ९एमाले० का संगठित सदस्यहरु, १७ जना नेपाली काँग्रेसका त्रिलयाशिल सदस्यहरु र बाँकी ती दुई दलका शुभचिन्तकहरु भएको माओवादी केन्द्रले जनाएको छ ।
यस्तै माओवादी केन्द्रले नयाँ संविधानको मर्म अनुसार जिल्लाका तीन वटा प्रस्तावित काउँपालिका, पाँच वटा नगरपालिका समिति र ८८ वटा वडा समितिहरु गठन गरेको छ । जसमा जम्मा सदस्यहरु दुइ हजार दुइ सय २० रहेका छन् । यस्तै तीन हजार ८ सय १३ जनाले पार्टी सदस्यता नविकरण गरेको माओवादी केन्द्र सुर्खेतका संयोजक जिसीले जानकारी दिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












