३३ किलो सुन तस्करीको तथ्य पत्ता लाग्यो, प्रहरीद्वारा तस्करीमा संलग्न १२ जनाको नाम सार्वजनिक
काठमाडौं, २२ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो अवैध सुन बाहिरिएको तथ्य नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले आइतरबार सार्वजनिक गरेको छ ।
३३ किलो सुन बरामदपछि पक्राउ परेकाहरुमाथि दुई महिनाको लामो अनुसन्धानपछि ब्युरोले आइतबार सुन तस्करीबारे तथ्य बाहिर ल्याएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार अहिलेसम्म ३३ किलो सुन प्रकरणमा १२ जना पक्राउ परेका छन् ।
ब्युरोका अनुसार प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’गुल्मीका श्यामबहादुर खत्रीले सुन तस्करीका लागि विमानस्थलमा सुरक्षा सेटिङ मिलाउने, धनुषाका सन्तोष काफ्लेले दुबईबाट सुन पठाउने, नेपालमा मोरङका दिलबन्धु थापाले रिसिभ गर्ने, क्यारियरको काम सुर्खेतका गोपालबहादुर शाहीले गरेका थिए ।
त्यस्तै, काभ्रेपलाञ्चोकका रामहरि कार्की मुख्य वितरक र रकम संकलक, सिराहाका श्रीनारायण यादवले विमानस्थलमा सेटिङ मिलाउने, काभ्रेपलाञ्चोकका राजकुमार ढकाल र भक्तपुरका कृष्ण श्रेष्ठ ९च्वामु० विमानस्थलको स्क्रिन पास गराउने काम गरेका थिए ।
त्यस्तै सुनसरीका रोजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ, धनकुटाका मनोज श्रेष्ठ अवैध सुन खरिद कार्यमा संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्युरो जनाएको छ । संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएको प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर पक्राउ परेकाहरुमाथि अनुसन्धान गरेको थियो ।
उनीहरुले उक्त सुन वैदेशिक रोजगारीमा गएका नेपालीहरुबाट संकलित रकम र नेपालमा रहेका सुन व्यापारीहरुबाट प्राप्त रकमबाट खरिद गरेको प्रहरी अनुसन्धानले पत्ता लगाएको छ । ३३ किलो सुन प्याकिङ तथा क्यारियर व्यवस्थापनका लागि ३ देखि ५ जना व्यक्ति परिचालन गरेको, सुन बोकी ल्याउने क्यारियर र लगेजको फोटो सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत नेपालमा सुन रिसिभ गर्ने व्यक्तिलाई पठाउने गरेको, क्यारियर र लगेजको फोटो भन्सारका कर्मचारीसम्म फेसबुक म्यासेन्जरमार्फत पठाउने गरेको प्रहरीले जनाएको छ ।
अब सुन तस्करीको मुद्दा अदालती प्रक्रियामा प्रवेश गर्नेछ । सरकारी वकिलको कार्यालयमा मुद्दासम्बन्धी सबै फाइल शुक्रबार नै बुझाइसकिएको ब्युरोले जनाएको छ । प्रहरीले गत पुस २१ मा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुन बरामद गरेको थियो ।
सरकारी प्रक्रियाअनुसार १ किलो सुन ल्याउँदा ४ लाख २० हजार रुपैयाँ राजस्व तिर्नुपर्छ । विमानस्थलबाहिर बरामद सुनको बजार मूल्य करिब १५ करोड रुपैयाँबराबरको थियो । ब्युरोका अनुसार यही तस्करीको सञ्जालले यसअघि पनि बारम्बार अवैध सुन ओसारिरहेको थियो ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












