निमित्त आइजीपीले डुवाए प्रहरीको २ करोड ५० लाख
काठमाडौं । नेपाल प्रहरीमा भाग्यमानी ठानिएका प्रहरी अस्पतालका प्रमुख निमित्त आइजीपी बनेका छन् । डा दिनेशचन्द्र पोख्रेल यही फागुन ३ गतेबाट निमित्त आइजीपी बनेपछि प्रहरी संगठन प्राविधिक प्रहरीको नेतृत्वमा चलिरहेको छ ।
यसै समयमा निमित्त आइजीपी डा पोख्रेलले प्रहरी कल्याण कोष र केही प्रहरी अधिकृतहरुको समेत २ करोड ५० लाख रुपैयाँ डुबाएको समाचार आजको साँघु साप्ताहिकमा छ । प्रहरीले खोल्ने तयारी गरेको मेडिकल कलेजका लागि २ करोड १० लाख कल्याण कोषबाट र प्रहरी अधिकृतहरुको ४० लाख रुपैयाँ निमित्त आइजीपी डा पोख्रेलले डुबाएका हुन् । मेडिकल कलेज खोल्न खरिद गरिएको फर्निचरदेखि अन्य सामानमा उक्त रकम फसेको हो । ती सामान अहिले प्रयोगविहीन भएर बिग्रने अवस्थामा पुगेका छन् ।
तत्कालीन आइजीपी ओमविक्रम राणाले डा पोख्रेललाई मेडिकल कलेज खोल्न आवश्यक ब्यवस्थापनको जिम्मा दिएका थिए । त्यसपछिका आइजीपीहरु रमेश चन्द, रविन्द्रप्रताप साह, कुवेरसिंह रानासम्म आइपुग्दा पनि मेडिकल कलेजको प्रकृया अघि बढेन । त्रिवि शिक्षण अस्पतालका डा गोबिन्द केशीको आन्दोलनका कारण मेडिकल कलेज बनाउने प्रहरीको सपना तुहिरहेको छ तर २ करोड ५० लाख भने स्वाहा भएको छ ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












