होली गीत : लोप हुने अवस्थामा जोगीरा सर र र…
धनुषा । कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग, कौन तालपर गोरिया नाचे कौन तालपर हम,
जोगीरा सर …
“फागुको बेला यस्ता गीतले सारा गाउँघर गुन्जाएका हुन्थ्यो तर अहिले गीत, ढोल, मृदङ्ग र डम्फूको स्वर बिरलै सुन्न पाइन्छ,” क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका रामसागर शर्मा बरही भन्नुहुन्छ, “वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकामा खल्लो लाग्छ्, ‘उहिले गीत गाएरै फागु आएको सङ्केत गरिन्थ्यो, अब न ढोल, मृदङ्ग नै बज्छन् न त फागुगीत नै गुञ्जिन्छन् । ”
बरहीले भन्नुभयोे, “पहिले पहिले त गाउँको बीचमा रहेको ब्रह्मस्थानमा गाउँका सबै बसेर रातिसम्म जोगीरा गाइन्थ्यो जोगीरा नसुनेको पनि झण्डै सात वर्षभयो ।”
समयको परिवर्तनसंगै गाउँका युवा रोजगारीका लागि विदेशिएकाले पनि यस्ता गीत बिरानो हुन थालेको हो । सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुले राम सागरलाई मात्र होइन हरिहरपुरका बेचन यादवलाई समेत यस्तै चिन्ता छ । यादव भन्नुहुन्छ, “होलीको पौराणिकता अब कहाँ रह्यो र दिनहूँजसो हुने झै–झगडाले गर्दा नत अब होलीको रौनक छ, नत माधुर्य नै ।”
पूर्वी धनुषाधाम नगरपालिका मङ्गलपुर बस्ने सतिशलाल कर्ण पूर्खौली मृदङ्ग बजाइ फागुगीत ‘जोगिरा’ गाउन नपाएकोमा विस्मात् गर्नुहुन्छ । कर्णले अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यतापूर्ण भएको छ ।
भाङको ठाउँमा मदिरा र प्रेम र सद्भावको ठाउँमा राग र द्वेष देखापरेकाले होलीसँगै जोगिरा गीत पनि प्रभावित भएको छ । अहिले जोगिरा गीत नबज्दा रङ्गबिनाको होलीजस्तै माधुर्य हराउँदै गएको उनीहरुको दुखेसो छ ।
सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले प्रायः सबै जातजातिलाई प्रभाव पारेकामा अहिले गरिबीका कारण युवा विदेश पलायन हुनथालकेकाले होलीसँगै जोगिरा गीतसमेत प्रभावित हुनपुगेको हो ।
फागु पर्वको पहिलो दिन अर्थात् चतुर्दशीको राति होलिकालाई निर्जन स्थानमा लगी गाउँका मानिस मृदङ्ग, ढोल बजाइ होलिका दहन गर्दछन् ।
होलीपर्व नजिकिँदै छ, तर परापूर्वकालदेखि गाउँदै आएको होली गीत जोगिरा===== लोप हुँदै गएकोमा बुढापाकाले यसको संरक्षणमा युवा वर्ग अगाडि आउनुपर्नेमा जोड दिँदै आएका छन् ।
अहिले बजारमा पाइने जोगिराका अश्लिल संस्करणले पनि परम्परागत होलीगीतमाथि धावा बोलेका छन् । परम्परा लोप हुँदै गएको र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेपछि लोप हुँदै गएको परम्परागत होलीगीत जोगिराको संरक्षण गर्नुपर्नेमो शिक्षाविद् रमापति चौधरीे जोड दिनुहुन्छ ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न दुई करोड अनुदान
काठमाडौं । काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...












