होली गीत : लोप हुने अवस्थामा जोगीरा सर र र…
धनुषा । कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग, कौन तालपर गोरिया नाचे कौन तालपर हम,
जोगीरा सर …
“फागुको बेला यस्ता गीतले सारा गाउँघर गुन्जाएका हुन्थ्यो तर अहिले गीत, ढोल, मृदङ्ग र डम्फूको स्वर बिरलै सुन्न पाइन्छ,” क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका रामसागर शर्मा बरही भन्नुहुन्छ, “वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकामा खल्लो लाग्छ्, ‘उहिले गीत गाएरै फागु आएको सङ्केत गरिन्थ्यो, अब न ढोल, मृदङ्ग नै बज्छन् न त फागुगीत नै गुञ्जिन्छन् । ”
बरहीले भन्नुभयोे, “पहिले पहिले त गाउँको बीचमा रहेको ब्रह्मस्थानमा गाउँका सबै बसेर रातिसम्म जोगीरा गाइन्थ्यो जोगीरा नसुनेको पनि झण्डै सात वर्षभयो ।”
समयको परिवर्तनसंगै गाउँका युवा रोजगारीका लागि विदेशिएकाले पनि यस्ता गीत बिरानो हुन थालेको हो । सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुले राम सागरलाई मात्र होइन हरिहरपुरका बेचन यादवलाई समेत यस्तै चिन्ता छ । यादव भन्नुहुन्छ, “होलीको पौराणिकता अब कहाँ रह्यो र दिनहूँजसो हुने झै–झगडाले गर्दा नत अब होलीको रौनक छ, नत माधुर्य नै ।”
पूर्वी धनुषाधाम नगरपालिका मङ्गलपुर बस्ने सतिशलाल कर्ण पूर्खौली मृदङ्ग बजाइ फागुगीत ‘जोगिरा’ गाउन नपाएकोमा विस्मात् गर्नुहुन्छ । कर्णले अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यतापूर्ण भएको छ ।
भाङको ठाउँमा मदिरा र प्रेम र सद्भावको ठाउँमा राग र द्वेष देखापरेकाले होलीसँगै जोगिरा गीत पनि प्रभावित भएको छ । अहिले जोगिरा गीत नबज्दा रङ्गबिनाको होलीजस्तै माधुर्य हराउँदै गएको उनीहरुको दुखेसो छ ।
सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले प्रायः सबै जातजातिलाई प्रभाव पारेकामा अहिले गरिबीका कारण युवा विदेश पलायन हुनथालकेकाले होलीसँगै जोगिरा गीतसमेत प्रभावित हुनपुगेको हो ।
फागु पर्वको पहिलो दिन अर्थात् चतुर्दशीको राति होलिकालाई निर्जन स्थानमा लगी गाउँका मानिस मृदङ्ग, ढोल बजाइ होलिका दहन गर्दछन् ।
होलीपर्व नजिकिँदै छ, तर परापूर्वकालदेखि गाउँदै आएको होली गीत जोगिरा===== लोप हुँदै गएकोमा बुढापाकाले यसको संरक्षणमा युवा वर्ग अगाडि आउनुपर्नेमा जोड दिँदै आएका छन् ।
अहिले बजारमा पाइने जोगिराका अश्लिल संस्करणले पनि परम्परागत होलीगीतमाथि धावा बोलेका छन् । परम्परा लोप हुँदै गएको र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेपछि लोप हुँदै गएको परम्परागत होलीगीत जोगिराको संरक्षण गर्नुपर्नेमो शिक्षाविद् रमापति चौधरीे जोड दिनुहुन्छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












