सप्तरी घटनाः एमाले दोषी होइन,प्रधानमन्त्री र गृहमन्त्री हुन् : उपेन्द्र यादव
काठमाडौं। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी घटनामा एमाले दोषी नभएको बताएका छन् । उनले प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधी दोषी भएको दावी गरे ।
यादवले उक्त घटनापछि भने,“नेकपा एमालेलाई हामी दोष दिन चाहँदैनौं तर विगत वर्षदेखि मधेशी नेताहरुलाई कहिले माखेसाँग्लो भन्ने, कहिले विहारी भन्ने खालका अभिव्यक्ति दिए, युपी विहार जाओ भन्ने, घोचपेच दिने, चिढाउने खालको अभिव्यक्ति दिएका थिए, यसले मधेशी जनताले अपमानित भएको महशुस भएका थिए, त्यसबाट हुने रियाक्सन पनि एक कारण हुन सक्छ।”
उनले हिजोको घट्नालाई राज्यले नरसंहार गरेको आरोप लगाए। भने,“जनताले विरोध गर्न नपाउने हो र ? अनि विरोध ग¥यो नरसंहार गर्ने ?
उनले मधेशी संसदको भोटबाट प्रधानमन्त्री बन्ने अनि मलाई हवलदारले टेरेनन्, यस्तो बकम्फुसे कुरा उहाँले गर्न मिल्छ ? उहाँले मधेशको समस्या समाधान गर्छु भनेर लिखित सम्झौता गर्नुभएको हो नि।”
यादवले मुलुकको समस्या बल्झाउने तीन दल नै भएको आरोपसमेत लगाए। उनले थपे,“तीन दलका कारण मुलुक दलदलमा फस्यो, यिनीहरुले सिण्डीकेट लादिरहेका छन्। म पनि मधेशी हुँ, म पनि लडिरहेको छु।”
यादवले पटक पटक हिजोको सप्तरी घट्नालाई हत्या नभएर जघन्य अपराध र नरसंहार भएको टिप्पणी गरे। उनले भने,“यसको जिम्मा राज्यले लिनुपर्छ।”
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...












