निर्वाचनमा अन्तर्घात गरे छाडिन्न : सभापति देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको नीतिविपरीत लाग्नेलाई कारबाही गरिने बताएका छन् । कांग्रेसमा अनुशासनहिनता बढेको तर कारबाही नहुँदा अन्तर्घात भइरहेको भन्दै उनले अब त्यसो गर्नेलाई नछाडिने बताएका हुन् ।
‘अनुशासन तोडे पनि कारबाही नगर्ने चलनले आफ्नै उम्मेदवारलाई हराउने गरिएको छ,’ निर्वाचन केन्द्रित कांग्रेस पोखरा नगर सम्मेलनको बिहीबार उद्घाटन गर्दै देउवाले भने, ‘अनुशासनबिना पार्टी अघि बढ्न सक्दैन । पार्टीको नीतिविपरीत कोही लागेमा कडा कारबाही हुनेछ । अबको निर्वाचनमा अनुशासन तोड्ने कामको अन्त्य हुनुपर्छ ।’
उनले एक ढिक्का भएर निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिए । अब तेरो र मेरो नभनी राम्रो अर्थात् जित्ने मान्छेलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने उनले बताए ।
जित्ने मान्छेको चयनमा सबैले सहयोग गर्नुपर्ने तर अन्तर्घात भने गर्न नहुने उनले बताए । राणा, पञ्चायत फाल्ने कामको नेतृत्व कांग्रेसले गरेको गणतन्त्र, संघीयताको नेतृत्व पनि कांग्रेसले नै गरेकाले अब कांग्रेस हार्नु नहुने भन्दै उनले प्रजातन्त्रको सुदृढीकरणका लागि कांग्रेस अपरिहार्य रहेको बताए । । अरु दलले आफू प्रजातान्त्रिक भने पनि त्यो रणनीतिकमात्रै रहेको उनको दाबी थियो । ‘जनताको अधिकार स्थापित गर्न कांग्रेसले जित्नै पर्छ,’ उनले भने ।
कार्यक्रमपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै देउवाले सीमाना कुरेर बसेका मधेसीको माग पूरा गर्नुपर्ने भएकाले संविधान संशोधनमा सघाउन एमालेसँग आग्रह गरे । मधेसका माग पूरा नगरी एमाले मधेसविरोधी किन बन्नु पर्यो भन्दै उनले हिमाल, पहाड र तराईबीचको दूरी तथा दूश्मन बढाउन नहुनेमा जोड दिए । सप्तरी घटना दुःखद् भन्दै उनले छानबिन भइरहेकोले अहिल्यै केही नबोल्ने बताए ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












