निर्वाचनमा अन्तर्घात गरे छाडिन्न : सभापति देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको नीतिविपरीत लाग्नेलाई कारबाही गरिने बताएका छन् । कांग्रेसमा अनुशासनहिनता बढेको तर कारबाही नहुँदा अन्तर्घात भइरहेको भन्दै उनले अब त्यसो गर्नेलाई नछाडिने बताएका हुन् ।
‘अनुशासन तोडे पनि कारबाही नगर्ने चलनले आफ्नै उम्मेदवारलाई हराउने गरिएको छ,’ निर्वाचन केन्द्रित कांग्रेस पोखरा नगर सम्मेलनको बिहीबार उद्घाटन गर्दै देउवाले भने, ‘अनुशासनबिना पार्टी अघि बढ्न सक्दैन । पार्टीको नीतिविपरीत कोही लागेमा कडा कारबाही हुनेछ । अबको निर्वाचनमा अनुशासन तोड्ने कामको अन्त्य हुनुपर्छ ।’
उनले एक ढिक्का भएर निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिए । अब तेरो र मेरो नभनी राम्रो अर्थात् जित्ने मान्छेलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने उनले बताए ।
जित्ने मान्छेको चयनमा सबैले सहयोग गर्नुपर्ने तर अन्तर्घात भने गर्न नहुने उनले बताए । राणा, पञ्चायत फाल्ने कामको नेतृत्व कांग्रेसले गरेको गणतन्त्र, संघीयताको नेतृत्व पनि कांग्रेसले नै गरेकाले अब कांग्रेस हार्नु नहुने भन्दै उनले प्रजातन्त्रको सुदृढीकरणका लागि कांग्रेस अपरिहार्य रहेको बताए । । अरु दलले आफू प्रजातान्त्रिक भने पनि त्यो रणनीतिकमात्रै रहेको उनको दाबी थियो । ‘जनताको अधिकार स्थापित गर्न कांग्रेसले जित्नै पर्छ,’ उनले भने ।
कार्यक्रमपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै देउवाले सीमाना कुरेर बसेका मधेसीको माग पूरा गर्नुपर्ने भएकाले संविधान संशोधनमा सघाउन एमालेसँग आग्रह गरे । मधेसका माग पूरा नगरी एमाले मधेसविरोधी किन बन्नु पर्यो भन्दै उनले हिमाल, पहाड र तराईबीचको दूरी तथा दूश्मन बढाउन नहुनेमा जोड दिए । सप्तरी घटना दुःखद् भन्दै उनले छानबिन भइरहेकोले अहिल्यै केही नबोल्ने बताए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












