जाजरकोट बस दुर्घटना : मृतक २६ मध्ये २१ को सनाखत (नामसहित)
काठमाडौं । जाजरकोटको भेरिमालिका नगरपालिका–४ बोहरागाउँ नजिक भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएकाको संख्या २६ पुगेको छ । दुर्घटनामा ३० जना गम्भीर घाइते छन् । घाइतेमध्ये २२ जनालाई उपचारका लागि नेपालगञ्ज तथा पाँच जनालाई रुकुमको चौरजहारी अस्पताल लगिएको छ ।
सामान्य घाइते ६ जनाको जाजरकोट अस्पतालमा उपचार भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् । १६ जनाको जाजरकोट अस्पतालमा, एक जनाको चौरजहारी र ९ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकमध्ये २१ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
मृतक अधिकांश जाजरकोटका छन् । जाजरकोटका रामबहादुर बस्नेत, नन्दलाल जैसी, मदन पुन, सन्तोष राना, गोपाल सुनार, शर्मिला सुनार, गणेश बोहरा, नबीन चन्द, शान्ता सुनार र दिलबहादुर बुढा दशेराको दुर्घटनामा मृत्यु भएको हो । यस्तै मनीराम जैसी, बहादुर भनारी, दले तिरुवा, हिउँसरा गिरी, गोब्ली सुनार, नैनी दमाई, चैते खत्री, भरत विसी र हरिबहादुर शाहीको खनाखत भएको छ । दुर्घटनामा सल्यान सुइकोटका उदय बुढा र रुकुम चौरजहारी–२ का कृष्ण गिरीको पनि मृत्यु भएको छ । मृतक ५ जनाको भने खनाखत हुन सकेको छैन । ६२ यात्रु सवार ना ३ ख २२७९ नम्बरको बस सदरमुकाम खलंगाबाट पश्चिम खारा बजार जाँदै गर्दा हिजो दिउँसो सडकबाट २ सय मिटर तल पासागाड खोलामा खसेको थियो ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











