हिमपात सुरु : यार्सागुम्बाको गुणस्तरमा वृद्धि
दुनै (डोल्पा), २७ फागुन । डोल्पामा आज बिहानैदेखि हिमपात सुरु भएको छ ।
गत बुधबारदेखिको लगातार वर्षापछि जिल्लाभर हिमपात सुरु भएको हो । वर्षासँगैको भारी हिमपातले बढेको अत्यधिक चिसोका कारण डोल्पालीको दैनिकी कष्टकर बनेको छ । डोल्पामा हिमपात अहिले पनि जारी रहेको छ ।
झन्डै तीन महिनाको चरम खडेरीपछि परेको वर्षासँगैको भारी हिमपातले कृषिजन्य उत्पादनमा वृद्धि हुने आशामा डोल्पाली कृषकमा उत्साह छाएको छ ।
वर्षा र हिमपातले यसवर्षको कृषिजन्य उत्पादनमा समेत वृद्धि हुने भन्दै उनीहरुमा उत्साह छाएको हो । त्रिपुराकोट–२ का कृषक भीमप्रसाद देवकोटाका अनुसार लम्बिँदो खडेरीले खेतबारीका अन्नबाली सुक्न थालेको थियो ।
खाद्यवस्तु उत्पादन घट्ने भन्दै किसान चिन्तित भएका थिए तर ढिलै भए पनि वर्षा भएको छ, यसबाट गरिखाने कृषकलाई केही भए पनि राहत भयो – उहाँले भन्नुभयो । यस पटकको वर्षासँगैको हिमपातले उत्पादन परिमाणमा समेत १० प्रतिशतले वृद्धि हुने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ ।
कृषि विकास कार्यालय डोल्पाकाअनुसार पानी परेपछि जेठदेखि असारसम्ममा पाक्ने गरी खेतबारीमा लगाइएको, जौ, गहँु, उवा, आलुलगायतका अन्नबालीको उत्पादनमा वृद्धि हुने छ । यहाँ उत्पादन हुने स्याउ, ओखर उत्पादनसमेत राम्रो भए पनि ढकमक्क फुलेको आरुलाई भने असर गर्ने कृषि विकास कार्यालय, डोल्पाका प्राविधिक सहायक सम्पती बुढाले जानकारी दिनुभयो ।
कर्णालीमै स्याउ, ओखर, आरुलगायत फलफूल उत्पादनमा डोल्पा पकेट क्षेत्रका रुपमा चिनिन्छ । लामो समयसम्मको खडेरीले पशु चरन क्षेत्र पनि सुकेको थियो । जसकारण पशुपालक कृषकलाई ठूलो समस्या उत्पन्न भएको थियो । तर पानीसंगै परेको हिमपातका कारण वनपाखामा घाँसपात प्रशस्तै पलाउने भएकाले पशुपालक कृषकमा झनै उत्साह छाएको छ । डोल्पामा मुख्य आयआर्जनको स्रोतमध्ये पशुपालन पनि एक हो ।
यार्सागुम्बा परिमाण तथा गुणस्तरमा वृद्धि
यसपालिको भारी हिमपातले डोल्पामा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको परिमाण तथा गुणस्तरमा समेत वृद्धि हुने जिल्ला वन कार्यालय, डोल्पाले जनाएको छ ।
यहाँ यार्सागुम्बा पाइने पाटनहरु मात्र ३०० भन्दा बढी रहेका छन् । ती पाटनमा वर्षमा हजारौँ किलो यार्सागुम्बा सङ्कलन गरिन्छ । बहुमूल्य जडीबुटी यार्सागुम्बा उच्च हिमाली क्षेत्रका तीन हजार ५०० देखि चार हजार मिटरसम्मको उचाइमा पाइने भएकाले यसका लागि अत्यधिक चिसो र समयमै हिमापात आवश्यक पर्ने वन कार्यालयले जनाइएको छ ।
यस वर्ष समयमै भारी हिमपात र वर्षा भएकाले तुलनात्मक रुपमा यार्सागुम्बा धेरै पाइने स्थानीय यार्सा सङ्कलकको दाबी छ । यार्सागुम्बा सङ्कलनका लागि बर्सेनि हजारौँ सर्वसाधारण डोल्पाका यार्सागुम्बा पाटनमा पुग्ने गर्छन् ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












