ताजा समाचार

बैंकास्योरेन्स सेवा बिस्तार गर्न प्रभु बैंकको सुर्या र एलआइसीसँग सम्झौता

 

काठमाडौं। प्रभु बैंकले आफ्नो सेवा बिस्तारका लागि दुई बिमा कम्पनीसँग साझेदारी गरेको छ। बैंकले बैंकास्योरेन्स सेवा बिस्तार गर्न सम्झौता गरेको हो। बैंकले सुर्या लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालसँग बैंकास्योरेन्स ब्यापार सम्झौता गरेको हो। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अशोक शेरचन र सुर्याका प्रमुख कार्यकारी शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन्। सम्झौतापछि बैंकको जुनसुकै शाखाबाट बैंकिङ सेवाका साथै सहज रुपमा जीवन बिमा लेख लिन र प्रिमियम भुक्तानी गर्न सकिन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org