ट्राफिकलाई भ्रष्टाचार गर्न दिन्नः डिआइजी लामा
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) मिङ्मार लामाले ट्राफिक प्रहरीमा भ्रष्टचारमा शुन्य सहनशीलत अपनाउने बताएका छन् । ट्राफिक प्रहरीले भ्रष्टाचार गर्ने जन गुनासो आइरहेको भन्दै त्यस्ता जनगुनासोको सुनुवाई गर्दै भ्रष्टाचार हुन नदिने र कुनै ट्राफिकले सेवाग्राहीसँग रकम लिएको जानकारी पाएमा तत्काल कारवाही गर्ने बताए ।
भरखरै महाशाखा प्रमुख भएर आएका डिआइजी लामाले ट्राफिक प्रहरीले काम गर्दा दुव्र्यवहार गरेको गुनासा आइरहेकोले त्यसलाई पनि रोक्ने प्रतिवद्धता जनाए । उनले भने, ‘ट्राफिक प्रहरीले निभाउनु पर्ने दायित्व बोध गराएर उनीहरुको दक्षता अभिवृद्धि गर्दै समयानुकूल परिवर्तन गर्ने उदेश्य लिएको छु ।’
ट्राफिक प्रहरीको समस्या सबैको समस्या भएको बताउँदै डिआइजी लामाले ट्राफिक प्रहरीमा सर्वरको क्षमता कमजोर भएकोले त्यसलाई स्तरवृद्धि गर्ने तर्फ पनि आफूले ध्यान दिएको बताए । उनले स्रोतहरुको व्यवस्थापन गर्दै बैज्ञानिक ट्राफिक व्यवस्थापन गर्ने, सिसिटिभी, सडक बत्ति, ट्राफिक लाइटको व्यवस्थापन गरेर राजधानीको यातायात व्यवस्थापनलाई चुस्त र दुरुस्त राख्ने आफ्नो योजना सुनाए ।
उनले भने, ‘बिदेशमा जस्तो सडकमा ट्राफिक बसेर यातायात व्यवस्थापन गर्नु भन्दा पनि प्रविधिको सहयोगले सडक सभ्यता नमान्नेलाई पक्रेर कारवाहीको दायरामा ल्याउने छु ।’ बिगतमा गरिएका मापसे र सडक लेन अनुशासनलाई पनि कडाइका रुपमा लागू गरिरहने उनले आफ्नो योजना सुनाए ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












