सेञ्चुरी बैंकले अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले हेटौंडामा केन्द्रीय कार्यालय रहेको अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्झौता ( मोमेन्ड्रम अफ अन्डरस्ट्याण्डिङ ) मा हस्ताक्षर गरेको छ ।
अल्पाइन डेभलपमेन्ट बैंकले आफ्नो पूँजीमा हकप्रद जारी गरी करिब रु. ४४ करोड पूँजी पु¥याएर समाहित हुनेछ । अल्पाइन डेभलपमेन्ट बैंकको हाल १५ वटा शाखाहरु संचालनमा रहेका छन् भने २०७३ पुस मसान्तमा रू. ५ करोड ५ लाख संचालन मुनाफा गर्न सफल भएको छ ।

सेञ्चुरी बैंकले यस अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्स लि. लाई प्राप्ति गरिसकेकोे छ । सेञ्चुरी बैंकले चार संस्था प्राप्तिबाट करिब रु. २ अर्ब पूँजी प्राप्त गर्ने छ भने नपुग पूँजी हकप्रद शेयर ज।री गरेर तथा चालु आ.व.को मुनाफाबाट रु. ८ अर्ब पूँजी पु¥याउने लक्ष्य लिएको छ । यसैगरी सबै संस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने छन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चालू आ.व.को दोस्रो त्रैमासमा संचालन मुनाफा रु. ३२ करोड ७४ लाख तथा खुद मुनाफा रु. २२ करोड ३९ लाख रहेको छ । बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमास भन्दा २०१.५० प्रतिशतले वृद्धि भएको छ । हाल सेञ्चुरी बैंकको चुक्ता पूँजी रु. ३.६८ अर्व रहेको छ । त्यसैगरी, चालु आ.व.को दोस्रो त्रैमासमा बैंकले रु. ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी रु. २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












