‘निर्वाचनको वातावरण बनाउन दलहरु लचकता देखाउनुपर्छ’
बर्दिबास, ७ चैत । सरकार र निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन तयारी गरिरहेका बेला महोत्तरीका बुद्धिजीवीले चुनाव अझै अन्योलमा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
निर्वाचनमा लाग्नुपर्ने दलहरु आन्दोलनको तयारी गरिरहेका र स्थानीय तह नियमित सञ्चालनमा अझै नआएकाले जिल्लामा चुनावी रौनक छाउन नसकेको यहाँका बद्धिजीवीले बताएका हुन् ।
स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि छान्न सरकार र निर्वाचन आयोगको तत्परता उचित र आवश्यक भए पनि दलहरुबीचको रस्साकसीले महोत्तरीसहित २ नं प्रदेशका जिल्लामा चुनावी वातावरण बन्न नसकेको बुद्धिजीवीको भनाइ छ ।
विशेषगरी सीमाङ्कनसहितको संविधान संशोधन र संशोधन अहिले आवश्यक नरहेको राजनीतिक क्षेत्रमा देखिएको अडानका कारण निर्वाचन अन्योलमा परेको नेपाल सरकारको उपसचिव पदबाट अवकाश प्राप्त जलेश्वर–१४ का ७५ वर्षीय महेश्वर रायले बताउनुभयो । “जनताले निर्वाचन चाहेका छन्” रायले भन्नुभयो – “तर राजनीतिक दलहरुका आ–आफ्ना अडानले निर्वाचनको अनुकूल वातावरण बन्न सकेको छैन् ।”
पछिल्लो संविधानमा मधेसका हकअधिकार सम्बोधन नभएको बताउँदै लामो समयदेखि आन्दोलित हुँदै आएका मोर्चासम्बद्ध दललाई मूलधारमा ल्याएमात्र निर्वाचनको वातावरण बन्नसक्ने ठम्याइ यहाँका बुद्धिजीवीको छ ।
मधेसलाई आफ्नो राजनीतिको मूल आधार भूमि बताउँदै आएका मोर्चासम्बद्ध दललाई पाखा राखेर निर्वाचन हुन नसक्ने जिल्लाकै सुगाभवानीपट्टिका बासिन्दा पूर्वप्रशासक कृष्णचन्द्र झाले बताउनुभयो । “निर्वाचन चाहने सबै दल र सरकारले निर्वाचनको वातावरण त बनाउनुप¥यो नि रु” झाले भन्नुभयो – “मधेसका केही असन्तोष छन्, ती असन्तोष संशोधनबाट सम्बोधन हुनसक्छ भने त्यसमा प्रमुख दलले लचकता देखाउनैपर्छ ।”
जिल्लाका पूर्वप्रशासक, प्राध्यापक, शिक्षक र राजनीतिक विश्लेषकहरुले निर्वाचनका लागि आ–आफ्नातर्फबाट लचकता देखाउन सम्बद्ध सबै दल र सरकारसँग आग्रह गरेका छन् ।
“आँगनमा मियो प्रयोजनका लागि गाडिएको खाँबो झैँ टसमस नहुने राजनीति हुन सक्दैन”, मटिहानीस्थित याज्ञबल्व लक्ष्मीनारायण विद्यापीठ ९संस्कृत क्याम्पस०का उपप्राध्यापक हेमनारायणलाल कर्णले भन्नुभयो – “यदि जनताप्रति इमान्दार हुने हो भन्ने सबै पक्षले लचकताका साथ समस्या समाधानतर्फ लाग्नुपर्दछ ।”
भर्खरै स्थानीय तहको पुनःसंरचना गरिँदा बर्दिबास, जलेश्वर र गौशालासहित तीन नगरपालिका र १२ गाउँपालिका महोत्तरीमा बनाइएका छन् । सरकारले सबै स्थानीय तह सञ्चालनमा ल्याउने निर्देशनसहित कर्मचारीको खटाए पनि मोर्चा आबद्ध दलको अवरोधले सात गाउँपालिका सञ्चालनमै आउन नसकेको अवस्था छ ।
तीन नगरपालिका र पाँच गाउँपालिका सञ्चालनमा आए पनि त्यहाँ मार्चाको अवरोध सुरु भएको सम्बन्धित कर्मचारीले बताएका छन् । “मोर्चा कार्यकर्ताले कार्यालय सञ्चालन नगर्न दबाब दिएका छन्”, गत बिहीबारमात्र सञ्चालनमा आएका पाँच गाउँपालिकामध्ये एउटा गाउँपालिकाका कार्यकारी अधिकृतले भन्नुभयो – “दिनहुँ दबाब र धम्की आइरहेछ, कसरी काम अघि बढाउन सकिएला र रु”
सरकार र आयोगको निर्वाचन गराउने घोषणा र दलबीच संविधान संशोधनबारेमा देखिएको फरक फरक अडान एवम् धारणाबीच जिल्ला निर्वाचन कार्यालय महोत्तरीले निर्वाचन तयारी अघि बढाएको छ । निर्वाचन तयारीका क्रममा कर्मचारी खटाउनका लागि जिल्लास्थित सबै कार्यालयसँग विवरण माग गरिएको, मतदान केन्द्रको सुरक्षास्थितिबारे स्थलगत अवलोकन गरिरहेको र थप मतदान केन्द्रबारे छलफल भइरहेको जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले जानकारी दिनुभयो ।
जिल्लामा २०७० सालको संविधानसभा निर्वाचनमा २३३ मतदान केन्द्र थिए । हाल अब केही मतदान केन्द्र थप गर्नुपर्ने आवश्यकताबारे छलफल भइरहेको रायले बताउनुभयो ।
जिल्लामा यसपालि हुने स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार ३५७ मतदाता भाग लिइने छन् । यो सङ्ख्या गत संविधानसभा निर्वाचनभन्दा ४५ हजार ९९० ले बढी भएको जिल्ला निर्वाचन अधिकारी रायले बताउनुभयो । गत संविधानसभा निर्वाचनमा जिल्लामा दुई लाख ६७ हजार ३६७ मतदाता थिए ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...












