आईजीपी विवाद : फैसला भोलि सुनाइने
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस सकिएको छ । फैसला भने भोलि मात्र आउने भएको छ । हिजो समयअभावका कारण हेर्दाहेर्दैमा मुद्दा राखेर आज पुनः सुनुवाई सुरु भएको थियो । सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशिला कार्कीसमेत ५ जना न्यायाधीशको बेञ्चमा मुद्दाको सुनुवाई भएको थियो । सरकारका कानूनी सल्लाहकारका रूपमा चिनिने महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले प्रहरी प्रमुखको बढुवा विवादसम्बन्धी रिट सुनुवाइ गर्न सर्वोच्च अदालतमा गठन भएको इजलासप्रति गम्भीर आपत्ति जनाउँदै उनी बहसमा गएनन् । उनले आपत्तिमात्र जनाएनन् सहन्यायाधिवक्ता र उपन्यायाधिवक्तालाई बहसमा पठाएका थिए ।
आइजीपी बढुवा विवादमा यसअघि आदेश दिइसकेका न्यायाधीशहरू नै पूर्ण इजलासमा दोहोरिएकाले त्यसबाट निष्पक्ष न्याय सम्पादनमा प्रश्न उठ्ने भन्दै महान्यायाधिवक्ता श्रेष्ठ बहसमा नगएका हुन् ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न दुई करोड अनुदान
काठमाडौं । काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...












