चन्दलाई आईजीपीमा बढुवा गर्ने निर्णय सर्वोच्च अदालतद्वारा बदर
काठमाडौं । सर्वाेच्च अदालतले प्रहरी महानिरीक्षक (आइजीपी) मा डिआइजी जयबहादुर चन्दलाई बढुवा गरेको निर्णय बदर गरेको छ । प्रधान न्यायाधीश सुशिला कार्कीको पूर्ण इजलासमा गत आइतबार र सोमबार भएको बहसपछि सर्वाेच्चले अहिले अपह्रान्न ५ बजे निर्णय सुनाउँदै चन्दलाई बढुवा गरेको सरकारको निर्णय बदर गरेको हो । सर्वाेच्चले प्रहरी अधिकारीमध्ये योग्यतमलाई आइजीपी बनाउन निर्देशन दिएको छ ।
सर्वाेच्चले वरिष्ठतम्, योग्य र कार्यसम्पादन मूल्याङ्कनसमेतका आधारमा योग्यतमलाई आइजीपीमा बढुवा गर्न परामाधेश जारी गरेको छ ।
सर्वाेच्च अदालतले सरकारले गरेको निर्णय बदर गरेलगत्तै सर्वाेच्च अदालतप्रतिको आस्थामा गिरावट आएको छ । कार्यकारी सरकारले ४ जना डिआइजीमध्येबाट योग्य ठानेर डिआइजी जयबहादुर चन्दलाई आइजीपीमा बढुवा गरेको थियो ।
सर्वाेच्चमा एक महिनाअघिदेखि बहस सुरु भएर आज भएको फैसला त्रुटीपूर्ण भएको एक कानुन व्यवसायीले बताए । उच्च अदालतका एक न्यायाधीशका अनुसार अब पुनः सरकारले चन्द, नवराज सिलवाल, प्रकाश अर्याल र बमबहादुर भण्डारीमध्येबाट एक जनालाई पुनः आइजीपीमा बढुवा गर्नेछ । ‘अब सरकारले फेरि चन्दलाई नै आइजीपीमा बढुवा गर्न सक्छ, कार्यकारी सरकारले गरेको निर्णय बदर नहुनु पर्नेमा भएको छ, यसले न्यायालयको साख गिरेको छ ।’ ती न्यायाधीशले न्युज–नेपालसँग भने ।
स्रोतहरुका अनुसार अब बस्ने मन्त्रीपरिषद् बैठकले आइजीपीको बढुवा गर्ने छ । जसमा नवराज सिलवालको बढुवा नहुन सक्छ भने सरकारले पुनः चन्दलाई नै आइजीपीमा बढुवा गर्ने सम्भावना पनि छ ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












