संविधान संशोधन प्रक्रिया एक साताका लागि स्थगित
काठमाडौं । संविधान संशोधन प्रक्रिया एक साताका लागि स्थगित भएको छ। प्रधानमन्त्रमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहिबार साताव्यापी भ्रमणका लागि चीन गएपछि र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दिल्लीमा रहेकाले संविधान संशोधनका लागि दलहरुले अझै एक साताभन्दा बढी लम्बिने भएको हो ।
सत्तारूढ गठबन्धन र मधेसी मोर्चाले बनाएको संयुक्त कार्यदलले संविधान संशोधनका सवालमा लगभग सहमति जुटाएको छ। अति विवादित सीमांकनको विषय पछि बन्ने संघीय आयोगलाई जिम्मा दिने गरी छाड्न र बाँकी तीन वटा विषयमा मोटामोटी सहमति भएको कार्यदल जनाएको छ।
भाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषय तत्काल संशोधन गरी स्थानीय निर्वाचनमा जाने सहमति कार्यदलभित्र जुटेको हो। यसरी जुटाएको सहमतिमा कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि जानकारी गराउँदै उसँग पनि सहमतिको प्रयास खोजेको छ।
सत्तारुढ दलका नेताहरुसँगको छलफलमा एमालेले विगतको अडानबाट पछि हट्दै संविधानको कार्यान्वयनका लागि वैशाख ३१ मै स्थानीय तहको निर्वाचन गर्ने सरकारको प्रतिबद्धता बमोजिम पहिले मोर्चासँग ठोस प्रस्ताव लिएर आउन भनिसकेसको छ।
कांग्रेस, माओवादी र राप्रपाका नेताहरुले अघि सारेको प्रस्ताव बमोजिम सहमतिमा आएर निर्वाचनमा जान मोर्चा सहमत भए एमाले सहमतिमा आउने बताइसकेको छ।
बुधबार बिहान प्रधानमन्त्री दाहालले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग कुराकानी गरेका थिए। प्रधानमन्त्री दाहालको भ्रमणकै कारण सभामुख ओनसरी घर्तीमगरले संसदको बैठक बुधबारदेखि चैत १७ गतेसम्मका लागि स्थगित गरेकी छन्। दाहालको स्वदेश फिर्ता पश्चात मात्रै दलहरुबीच ठोस सहमति गरी त्यसपछि मात्रै संशोधनको प्रस्ताव सदनमा प्रक्रियाका लागि अघि सारिनेछ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











