एकताले सून्दर बनाएको गाउँ
सुर्खेत । पश्चिम सुर्खेतको प्रस्तावित बराहा गाँउपालिका–८ (पहिला कुनाथरी ५ गाविस) बेलचौर गाउँको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाउँ ‘खुसीयाली गाउँ’को रुपमा चिनीदै आएको छ ।
५६ घरधुरी रहेको उक्त गाउँको जनसंख्या २५९ छ । १४७ जना पुरुष र ११२ जना महिलाको संख्या छ । पुरुष भारतमा मजदुरी गर्न जान्छन् । मजदुरीबाट कमाएको पैसाले घरपरिवारको छाक टादै आएका छन् । महिला घरको काम गर्छन् । गाउँमा पुरुष कोही नभएपछि महिलाले नै खेतवारीको काम गर्नेदेखि घर निर्माणसम्मको काम गर्दै आएका छन् ।
कुनाथरी वडा नं ५ बेलचौर निवासी ५९ वर्षका दुर्गासिंह सिजाली मगरले युवा गाउँमा नभएपछि घर निमार्ण कार्य लगायत अन्य काममा समाजका एकअर्का सदस्यबीच सहकार्य गरेर काम गर्दै आएको वताईन । मैले घर बनाउन तयारी गरें । आफ्नो घर बनाउँदा कसैलाई पनि पैसा दिने काम गरिन । समाजमा घर निर्माण गर्ने कार्यमा एकलेअर्कालाई सहयोग गर्ने कार्यको थिती बसेको सिजाली मगरले बताईन् ।
त्यस्तै सोही वडाका नरबहादुर गुरुङले घर निमार्ण सुरु गरेको २ महिनामै पुरा भयो । आफू एक्लै घर निर्माण गर्न नसक्ने बताउँदै उनले समुदायमा एकले अर्कालाई सहयोग गरेर बनाउँदा घर सहज हुने वताए । घर बनाउनका लागि निकै गाह्रो छ । गुरुङले भने,‘खोलाबाट ढुंगा ल्याउनुपर्छ । ट्याक्टरलाई पैसा दिनुपर्छ । र, त्यसपछि सडक सञ्जालको अवस्थता राम्रो नभएका कारण बीचबाटोबाट गाउँका स्थानीय वासिन्दाहरुले बोक्छन् । यहाँका मानिसहरु मिलनसार छन् उनले भने ।’
सो गाउँमा एकअर्काको घर बनाउन प्रत्येक घरबाट महिला तथा पुरुषको सहभागिता हुन्छ । महिलाले ढुंगा बोक्छन् भने पुरुषले काठ चिरानमा सहयोग गर्छन् त कसैले मिस्त्री काममा सहयोग गर्ने चलन छ । त्यस्तै काठको काम गर्ने गणेश सारु मगरले यो पाखुरा साटासाट गर्ने परम्परा भएको बताए । यो बस्तीका बासिन्दाहरुलाई सजिलो भएको छ । उनले भने, ‘हामी घरमा थोरैसंख्या भएको परिवारलाई सजिलो भएको छ । हामी एक आपसमा सहकार्य गछौं ।’
यस्तो कार्यको सुरुवाद दुर्गासिंह सारु मगरले गरे । अहिले घर निमार्णमा गाउँका स्थानीय बासिन्दाहरुको सहयोगबाट बन्दै आएको उनले बताए । कुनाथरी वडा नं ५ बेलचौरलाई आफ्नो गाउँ आफै बनाउ भन्ने अभियानका सहित स्थानीय महिला–पुरुषहरुको संयुक्त सहकार्यले बेलचौर खुसीयाली गाउँका अवधारण बसालेका छन् ।
बेलचौरकी स्थानीय महिला डिला सारु मगरले सुरुमा नामक ‘किर्डाक नेपाल’ संस्था बेलचौरमा आएपछि हामीलाई सबैले सहकार्य गर्नु पर्ने समुदायमा छलफल गर्नु वातावरण सिर्जना गरेको उनले बताइन । उनी भन्छिन्, ‘अहिले गाउँका सबै महिलाहरु लागेर आफ्नै गाँउमा अभियान चलाएका छौ । जाँडरक्सीको अन्त्य गरेको छौ । पुरुष पनि महिलासँग सहकार्य गरि काममा सहयोग पु¥याएका छन् ।’
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











