एकताले सून्दर बनाएको गाउँ
सुर्खेत । पश्चिम सुर्खेतको प्रस्तावित बराहा गाँउपालिका–८ (पहिला कुनाथरी ५ गाविस) बेलचौर गाउँको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाउँ ‘खुसीयाली गाउँ’को रुपमा चिनीदै आएको छ ।
५६ घरधुरी रहेको उक्त गाउँको जनसंख्या २५९ छ । १४७ जना पुरुष र ११२ जना महिलाको संख्या छ । पुरुष भारतमा मजदुरी गर्न जान्छन् । मजदुरीबाट कमाएको पैसाले घरपरिवारको छाक टादै आएका छन् । महिला घरको काम गर्छन् । गाउँमा पुरुष कोही नभएपछि महिलाले नै खेतवारीको काम गर्नेदेखि घर निर्माणसम्मको काम गर्दै आएका छन् ।
कुनाथरी वडा नं ५ बेलचौर निवासी ५९ वर्षका दुर्गासिंह सिजाली मगरले युवा गाउँमा नभएपछि घर निमार्ण कार्य लगायत अन्य काममा समाजका एकअर्का सदस्यबीच सहकार्य गरेर काम गर्दै आएको वताईन । मैले घर बनाउन तयारी गरें । आफ्नो घर बनाउँदा कसैलाई पनि पैसा दिने काम गरिन । समाजमा घर निर्माण गर्ने कार्यमा एकलेअर्कालाई सहयोग गर्ने कार्यको थिती बसेको सिजाली मगरले बताईन् ।
त्यस्तै सोही वडाका नरबहादुर गुरुङले घर निमार्ण सुरु गरेको २ महिनामै पुरा भयो । आफू एक्लै घर निर्माण गर्न नसक्ने बताउँदै उनले समुदायमा एकले अर्कालाई सहयोग गरेर बनाउँदा घर सहज हुने वताए । घर बनाउनका लागि निकै गाह्रो छ । गुरुङले भने,‘खोलाबाट ढुंगा ल्याउनुपर्छ । ट्याक्टरलाई पैसा दिनुपर्छ । र, त्यसपछि सडक सञ्जालको अवस्थता राम्रो नभएका कारण बीचबाटोबाट गाउँका स्थानीय वासिन्दाहरुले बोक्छन् । यहाँका मानिसहरु मिलनसार छन् उनले भने ।’
सो गाउँमा एकअर्काको घर बनाउन प्रत्येक घरबाट महिला तथा पुरुषको सहभागिता हुन्छ । महिलाले ढुंगा बोक्छन् भने पुरुषले काठ चिरानमा सहयोग गर्छन् त कसैले मिस्त्री काममा सहयोग गर्ने चलन छ । त्यस्तै काठको काम गर्ने गणेश सारु मगरले यो पाखुरा साटासाट गर्ने परम्परा भएको बताए । यो बस्तीका बासिन्दाहरुलाई सजिलो भएको छ । उनले भने, ‘हामी घरमा थोरैसंख्या भएको परिवारलाई सजिलो भएको छ । हामी एक आपसमा सहकार्य गछौं ।’
यस्तो कार्यको सुरुवाद दुर्गासिंह सारु मगरले गरे । अहिले घर निमार्णमा गाउँका स्थानीय बासिन्दाहरुको सहयोगबाट बन्दै आएको उनले बताए । कुनाथरी वडा नं ५ बेलचौरलाई आफ्नो गाउँ आफै बनाउ भन्ने अभियानका सहित स्थानीय महिला–पुरुषहरुको संयुक्त सहकार्यले बेलचौर खुसीयाली गाउँका अवधारण बसालेका छन् ।
बेलचौरकी स्थानीय महिला डिला सारु मगरले सुरुमा नामक ‘किर्डाक नेपाल’ संस्था बेलचौरमा आएपछि हामीलाई सबैले सहकार्य गर्नु पर्ने समुदायमा छलफल गर्नु वातावरण सिर्जना गरेको उनले बताइन । उनी भन्छिन्, ‘अहिले गाउँका सबै महिलाहरु लागेर आफ्नै गाँउमा अभियान चलाएका छौ । जाँडरक्सीको अन्त्य गरेको छौ । पुरुष पनि महिलासँग सहकार्य गरि काममा सहयोग पु¥याएका छन् ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












