गोकणेश्वरमा काँग्रेसका सुवेदी मेयरका सशक्त दाबेदार
काठमाडौं । लोकतन्त्र, शान्ति, मानवअधिकार तथा समाज सेवाका लागि आफ्नो जीवन सर्मपण गर्दै आएका ४६ वर्षीय कुमारराज सुवेदीले आसन्न स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।
सुवेदी हालको गोकणेश्वर ५ का स्थायी बासिन्दा हुन् । राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादको लागि युगपुरुष बीपी कोइरालाको संघर्षशील जीवनबाट प्रभावित सुवेदीले जुँघाको रेखी नबस्दै नेपाली कांग्रेसको राजनीति थालेका हुन् ।
वि.सं २०४६ सालको जनआन्दोलनबाट सक्रिय राजनीतिक यात्रा प्रारम्भ गरेका सुवेदीले लौह पुरुष गणेशमान सिंहलाई पनि आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण रोलमोडलको संज्ञा दिन्छन् । नेता सिंहको निष्ठाको राजनीतिलाई आफनो राजनीतिक जीवनको रोडम्याप बताउने सुवेदीले २०४७ सालमा तत्कालीन जोरपाटी नेविसंघको अध्यक्ष हुँदै २०५४ सम्म नेपाली कांग्रेस जोरपाटी इकाई अध्यक्षको कार्यभार सफलतापूर्वक पूरा गरे । स्पष्ट वक्ताको रुपमा आफनो परिचय स्थापित गर्न सफल सुवेदीले छोटो समयमा नै राजधानीको समग्र पूर्वी क्षेत्रमा शशक्त तथा जुझारु संगठकको रुपमा आफूलाई स्थापित गरे ।
२०५४ सालको स्थानीय निकायको चुनावमा सुवेदी जोरपाटी गाविस अध्यक्षको सशक्त प्रत्याशी थिए । तर, विविध कारणले अध्यक्षको टिकट नदिइएपछि उनी उपाध्यक्षमा उठेका थिए । पार्टी भित्रको समन्वय अभाव तथा तत्कालीन एमाले नेतृत्वको गृह प्रशासनको दबदबाका कारण सुवेदी झिनो अन्तरले एमाले उम्मेदवार कृष्ण राई (वर्तमान एमाले काठमाडौं अध्यक्ष) सँग पराजित भएका थिए ।
समाज तथा सिंगो राष्ट्रलाई सहि बाटोमा डो¥याउन राजनीतिसँगै नागरिक समाजको भूमिका पनि शशक्त हुनुपर्छ भन्ने मान्यता आत्मसात गर्दै सुवेदीले २०५४ साल पछि नागरिक अगुवाको रुपमा प्रभावकारी भूमिका निर्वाह गरे । २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिगमन, २०६१ सालको शाही कू तथा २०६२–६३ को जनआन्दोलनमा लोकतन्त्रको रक्षार्थ सशक्त नागरिक अगुवाको रुपमा सुवेदी देखा परे । यस अवधिमा पनि उनले नेपाली कांग्रेसलाई तन, मन, धन सहित हरेक ढंगले सहयोग गरिरहे ।
यसका साथै मानवअधिकार यात्रामा पनि उनको यात्रा अविचलित रहँदै आएको छ । सन् १९९० को दशकमा नै एमनेष्टि इन्टरनेशनलमा आबद्ध भएका सुवेदीले कालान्तरमा मानअवधिकार तथा शान्ति समाजको काठमाडौं शाखा सभापति, केन्द्रीय सदस्य, सचिवहुँदै महासचिवको समेत जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे । यसै अवधिमा समाज सेवाको क्षेत्रमा उनको योगदान अझ अविस्मरणीय बन्न पुग्यो ।
सन् १९९५–९६ मा नै लायन्स क्लबअफ काठमाडौं जोरपाटीको संस्थापक सभापतिको रुपमा लायनवादको यात्रा प्रारम्भ गरेका सुवेदीले डिस्ट्रिक्ट ३२५ ए वानको तर्फबाट लायन वर्ष २०१६–१७ का डिस्ट्रिक्ट गर्भनर समेत हुन । आफनो एक वर्षे कार्यकालमा सुवेदी डिस्ट्रिक्ट ३२५ ए वान नेपाललाई विश्वकै उत्कृष्ट आठौं डिष्ट्रिक्टमा पार्न सफल भएका थिए । यसबाट पनि उनको कुशल नेतृत्वक्षमता प्रमाणित भइसकेको छ । रोटरी इन्टरनेशनल सहित अन्य थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संघ संस्थामा आबद्ध सुवेदी त्रिवि लायन्स ब्लड बैंक तथा अनुसन्धान केन्द्रको संरक्षक समेत हुन ।
स्वअध्ययनमा विषेश रुची राख्नु हुने सुवेदी अभिनव साहित्स समाज, भैरव पुरस्कार गुठी, सुरभी साहित्य प्रतिष्ठान जस्ता स्थापित साहित्यिक संघ संस्थाहरुमा पनि आबद्ध छन् । लोकतन्त्र, शान्ति, मानवअधिकार तथा समाज सेवामा विशिष्ट योगदान पु¥याए वापत सुबेदीले प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरु प्राप्त गरेका छन् ।
राजनीति, समाजसेवा तथा मानवअधिकारको रक्षार्थ विना कुनै स्वार्थ आफूले करिब तीन दशकको उर्जाशील समय व्यतित गरिसकेकाले नेपाली कांग्रेसको तर्फबाट गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा उम्मेदवारी रहेको सुवेदीले बताएका छन् ।
आफ्नो सम्पूर्ण जीवन एक खुल्ला किताब भएको बताउने सुवेदी पार्टीका अग्रजहरुको आर्शीवाद तथा युवाहरुको साथ सहित आफू चुनावी मैदानमा होमीभएको उनको भनाई छ ।
गोकर्णेश्वर नगरपालिकालाई मुलुककै उत्कृष्ट नगरपालिका बनाउन उनीसँग ठोस योजनाहरु पनि रहेका छन् । नगरबासीको सुखदुःखको साथी भएर काम गर्ने र चुस्तदुरुस्त तथा जवाफदेही प्रशासन, आर्थिक पारदर्शिता सुवेदीको मुख्य एजेन्डा छन् । सुवेदीलाई सत्तारुढसँगै विपक्षी दलहरुले समेत मेयरको सबैभन्दा बलियो उम्मेदवारको रुपमा हेरेका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












