गोकणेश्वरमा काँग्रेसका सुवेदी मेयरका सशक्त दाबेदार
काठमाडौं । लोकतन्त्र, शान्ति, मानवअधिकार तथा समाज सेवाका लागि आफ्नो जीवन सर्मपण गर्दै आएका ४६ वर्षीय कुमारराज सुवेदीले आसन्न स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।
सुवेदी हालको गोकणेश्वर ५ का स्थायी बासिन्दा हुन् । राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादको लागि युगपुरुष बीपी कोइरालाको संघर्षशील जीवनबाट प्रभावित सुवेदीले जुँघाको रेखी नबस्दै नेपाली कांग्रेसको राजनीति थालेका हुन् ।
वि.सं २०४६ सालको जनआन्दोलनबाट सक्रिय राजनीतिक यात्रा प्रारम्भ गरेका सुवेदीले लौह पुरुष गणेशमान सिंहलाई पनि आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण रोलमोडलको संज्ञा दिन्छन् । नेता सिंहको निष्ठाको राजनीतिलाई आफनो राजनीतिक जीवनको रोडम्याप बताउने सुवेदीले २०४७ सालमा तत्कालीन जोरपाटी नेविसंघको अध्यक्ष हुँदै २०५४ सम्म नेपाली कांग्रेस जोरपाटी इकाई अध्यक्षको कार्यभार सफलतापूर्वक पूरा गरे । स्पष्ट वक्ताको रुपमा आफनो परिचय स्थापित गर्न सफल सुवेदीले छोटो समयमा नै राजधानीको समग्र पूर्वी क्षेत्रमा शशक्त तथा जुझारु संगठकको रुपमा आफूलाई स्थापित गरे ।
२०५४ सालको स्थानीय निकायको चुनावमा सुवेदी जोरपाटी गाविस अध्यक्षको सशक्त प्रत्याशी थिए । तर, विविध कारणले अध्यक्षको टिकट नदिइएपछि उनी उपाध्यक्षमा उठेका थिए । पार्टी भित्रको समन्वय अभाव तथा तत्कालीन एमाले नेतृत्वको गृह प्रशासनको दबदबाका कारण सुवेदी झिनो अन्तरले एमाले उम्मेदवार कृष्ण राई (वर्तमान एमाले काठमाडौं अध्यक्ष) सँग पराजित भएका थिए ।
समाज तथा सिंगो राष्ट्रलाई सहि बाटोमा डो¥याउन राजनीतिसँगै नागरिक समाजको भूमिका पनि शशक्त हुनुपर्छ भन्ने मान्यता आत्मसात गर्दै सुवेदीले २०५४ साल पछि नागरिक अगुवाको रुपमा प्रभावकारी भूमिका निर्वाह गरे । २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिगमन, २०६१ सालको शाही कू तथा २०६२–६३ को जनआन्दोलनमा लोकतन्त्रको रक्षार्थ सशक्त नागरिक अगुवाको रुपमा सुवेदी देखा परे । यस अवधिमा पनि उनले नेपाली कांग्रेसलाई तन, मन, धन सहित हरेक ढंगले सहयोग गरिरहे ।
यसका साथै मानवअधिकार यात्रामा पनि उनको यात्रा अविचलित रहँदै आएको छ । सन् १९९० को दशकमा नै एमनेष्टि इन्टरनेशनलमा आबद्ध भएका सुवेदीले कालान्तरमा मानअवधिकार तथा शान्ति समाजको काठमाडौं शाखा सभापति, केन्द्रीय सदस्य, सचिवहुँदै महासचिवको समेत जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे । यसै अवधिमा समाज सेवाको क्षेत्रमा उनको योगदान अझ अविस्मरणीय बन्न पुग्यो ।
सन् १९९५–९६ मा नै लायन्स क्लबअफ काठमाडौं जोरपाटीको संस्थापक सभापतिको रुपमा लायनवादको यात्रा प्रारम्भ गरेका सुवेदीले डिस्ट्रिक्ट ३२५ ए वानको तर्फबाट लायन वर्ष २०१६–१७ का डिस्ट्रिक्ट गर्भनर समेत हुन । आफनो एक वर्षे कार्यकालमा सुवेदी डिस्ट्रिक्ट ३२५ ए वान नेपाललाई विश्वकै उत्कृष्ट आठौं डिष्ट्रिक्टमा पार्न सफल भएका थिए । यसबाट पनि उनको कुशल नेतृत्वक्षमता प्रमाणित भइसकेको छ । रोटरी इन्टरनेशनल सहित अन्य थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संघ संस्थामा आबद्ध सुवेदी त्रिवि लायन्स ब्लड बैंक तथा अनुसन्धान केन्द्रको संरक्षक समेत हुन ।
स्वअध्ययनमा विषेश रुची राख्नु हुने सुवेदी अभिनव साहित्स समाज, भैरव पुरस्कार गुठी, सुरभी साहित्य प्रतिष्ठान जस्ता स्थापित साहित्यिक संघ संस्थाहरुमा पनि आबद्ध छन् । लोकतन्त्र, शान्ति, मानवअधिकार तथा समाज सेवामा विशिष्ट योगदान पु¥याए वापत सुबेदीले प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरु प्राप्त गरेका छन् ।
राजनीति, समाजसेवा तथा मानवअधिकारको रक्षार्थ विना कुनै स्वार्थ आफूले करिब तीन दशकको उर्जाशील समय व्यतित गरिसकेकाले नेपाली कांग्रेसको तर्फबाट गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा उम्मेदवारी रहेको सुवेदीले बताएका छन् ।
आफ्नो सम्पूर्ण जीवन एक खुल्ला किताब भएको बताउने सुवेदी पार्टीका अग्रजहरुको आर्शीवाद तथा युवाहरुको साथ सहित आफू चुनावी मैदानमा होमीभएको उनको भनाई छ ।
गोकर्णेश्वर नगरपालिकालाई मुलुककै उत्कृष्ट नगरपालिका बनाउन उनीसँग ठोस योजनाहरु पनि रहेका छन् । नगरबासीको सुखदुःखको साथी भएर काम गर्ने र चुस्तदुरुस्त तथा जवाफदेही प्रशासन, आर्थिक पारदर्शिता सुवेदीको मुख्य एजेन्डा छन् । सुवेदीलाई सत्तारुढसँगै विपक्षी दलहरुले समेत मेयरको सबैभन्दा बलियो उम्मेदवारको रुपमा हेरेका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












