एसईई दिएका कृष्ण भन्छन् : ‘नतिजा आउँदासम्म बाच्छु कि बाँच्दिन !’
पर्वत । दुवै मिर्गाैला फेल भएपछि उपचारको क्रममै माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा सकेर कुस्माबाट फर्कँदै गरेका तिलाहार–७ रातमाटाका १९ वर्षीय कृष्णबहादुर लामिछानेले दुःखका साथ भन्दै थिए– “रिजल्ट आउँदा म केही हुन्छु कि ?”
आर्थिक अभावले उपचार गर्न नसक्दा परीक्षाको नतिजा सुन्न नपाइ मर्छु कि भन्ने चिन्ता बढेको उनले बताए ।
स्थानीय नवजागृत माविबाट एसइइ परीक्षा दिनका लागि सदरमुकाम कुस्मा आएका लामिछाने घर फर्किने तयारी गरिरहेका बेला आँशु झार्दै भने– “मिर्गौला ठीक बनाएर कलेज पढ्ने धोको छ ।”
परिवारका एकमात्र सन्तान कृष्ण बहादुरका बाबु मनबहादुर लामिछाने दैनिक मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएका छन् । जग्गाको नाममा आधा हल बारी र आधा हल खेतबाहेक अन्य आम्दानीको स्रोत नभएको लामिछानेको परिवारमा बज्रपात परेको छ । “हामीसँग उपचार गर्ने पैसा छैन” कृष्णले भने– “खर्च कसरी जुटाउने भन्ने डरले बाँच्न सक्दिन कि भन्ने लाग्छ ।”
उता आमा कृष्णकुमारी लामिछाने पनि विगत लामो समयदेखि दमको रोगी छिन् । छोरालाई राम्रो शिक्षादीक्षा दिउँला र ठूलो भएपछि प्रसस्त धन कमाएर वृद्ध बाबुआमालाई राम्रोसँग पालनपोषण गर्ला भन्ने आश बोकेर जीवनभर मजदुरी गर्दै आएका पीडित कृष्णबहादुर लामिछानेका बाबु मनबहादुरका आँखा विगत दुई महिनादेखि ओभाएका छैनन् । ढिलोगरी विवाह गरेका उनको परिवारमा ढिलैगरी कृष्णको जन्म भएको थियो ।
माघ पहिलो साता पेट तथा कोखा दुःखेपछि परीक्षण गर्न अस्पताल पुगेका लामिछानेका दुवै मिर्गौला फेल भएको थाहा पाएका थिए । उनलाई तत्काल मिर्गौला प्रत्यारोपण गर्नका लागि चिकित्सकले सुझाव दिएका, तर खर्च अभावका कारण सामान्य उपचार गरेर बसेका छन् ।
दुवै मिर्गौला फेल भएका कारण उनलाई दैनिकरुपमा स्वास्थ्य समस्या आउने गरेको बताउँछन् । उपचार गर्न महँगो भएकाले तत्कालै मिर्गौला प्रत्यारोपण गर्न समस्या भएकाले बाँच्ने आशा नभएको भन्दै आँशु झार्छन् । “सपनामा मरेको मात्रै देख्छु” कृष्णले भने– “आफूसँग पैसा नभएकाले बाँच्न गाह्रो देखेको छु ।”
उनको रोगका बारेमा थाहा पाएपछि उनले पढ्ने विद्यालय, तिलाहारका स्थानीय तथा विदेशमा रहेका नेपालीको सहयोगमा केही रकम सङ्कलन गरेर सामान्य उपचार हुँदै आएको छ । उनका दुवै मिर्गौला प्रत्यारोपण गर्न करिब रु २० लाख खर्च हुने भएकाले समस्या भएको परिवारको भनाइ छ ।
बुढेशकालमा छोराको कमाइ खाने बेलामा उसैको उपचारका लागि हात थाप्दै हिँड्नुपरेको बाबु मनबहादुर चिन्ता व्यक्त गर्छन् । “घरको सम्पत्ति बेचेर उपचार गर्थेँ” उनले भने “सबै बेच्दा लाख पनि पुग्दैन ।” छोरालाई पोखरास्थित गण्डकी अस्पतालमा डायलाइसिस गराइरहेका लामिछाने उपचार खर्च जुटाउन सहयोगको अपिल गर्दै भौँतारिएका छन् ।
अहिले गाउँलेको सहयोगमा उपचार गर्दै आएको उनी बताउँछन् । चिकित्सकले मिर्गौलाबाहेक रु १२ लाख र मिर्गौला किन्नुपरे रु २० देखि २५ लाख खर्च लाग्ने भनेपछि उनी सहयोगको अपिल गर्दै विभिन्न सङ्घ संस्था र सञ्चारमाध्यम गुहार्दै हिँडिरहेका छन् ।
उमेरले ६० पुगेका मनबहादुर छोराको जीवन बचाउन आफ्नै मिर्गौला दिने सोचमा समेत पुगेका छन् । “म बरु छिट्टै मरेपनि पछुतो छैन” उनले भने– “मेरो मिर्गौलाले काम ग¥यो भने छोराले त नयाँ जीवन पाउला ।” मजदुरी गरेर बिहान बेलुकाको छाक टार्दै आएका उनले आवश्यक सहयोग गरिदिन सरकारी तथा गैरसरकारी निकाय र सङ्घ संस्थासँग माग समेत गरेका छन् ।
मिर्गौला पीडित कृष्णलाई पढ्न तथा परीक्षामा सहजताका लागि नवजागृत माविका शिक्षक हरिबहादुर लामिछानेले सहयोग गर्दै आउनु भएको छ । उहाँले विभिन्न ठाउँमा लिएर जाने तथा सहयोग जुटाउने काम समेत गरिरहनुभएको छ ।
मिर्गाैलापीडित कृष्ण जेहन्दार र एसइइ परीक्षा सहजै राम्रो अङ्क ल्याएर पास गर्नसक्ने विद्यार्थी भएको उहाँले बताउनुभयो ।
उहाँले कृष्णको उपचारका लागि विद्यालयले समेत अभियान चलाएको र हालसम्म करिब रु चार लाख सहयोग सङ्कलन भएको जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...












