निर्वाचको रणनीति बनाउन नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद् बैठक काठमाडौंमा
काठमाडौं । निर्वाचको रणनीति बनाउन नयाँ शक्ति पार्टीको अन्तरिम केन्द्रीय परिषद् बैठक काठमाडौंमा सुरु भएको छ । वुद्धनगरस्थित एक व्याङ्क्वेटमा जारी दुई दिने बैठकमा पार्टी संयोजक डा. बाबुराम भट्टराईले पेस गर्नुभएको निर्वाचन लक्षित प्रतिवेदन माथि छलफल भईरहेको छ ।
सो पार्टीको निर्वाचन केन्द्रीत कार्ययोजनामा छिटो भन्दा छिटो देशको भरपर्दो वैकल्पिक शक्तिमा रुपान्तरण गर्न घोषित लक्ष्य, उद्धेश्य, नीति, कार्यक्रम मिल्नेसँग एकीकरण र ध्रुबिकरण गर्ने उल्लेख छ । यस्तै संगठन विभाग मार्फत पार्टीका माथिल्लो तहको सम्पुर्ण कामलाई सहजीकरण गर्न नगर र गाउँपालिकामा केन्द्रीय परिषद सदस्यलाई इन्चार्ज तोक्ने तयारी गरेको सो पार्टीले जनाएको छ ।
स्थानीय निर्वाचनको तयारीमा जुटेको नयाँ शक्तिले केही दिनमा नै संघीय समाजवादी फोरमसँग पार्टी एकताको तयारी समेत गरेको छ । चुनावी मोर्चाका रुपमा वृहत्त राष्ट्रिय गठबन्धन निर्माणका लागी प्रयास गर्ने संयोजक भट्टराइको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा सन् २०२२ सम्ममा मुलुकमा गरिबीको अन्त्य गर्ने, २०३० सम्म जनताको जीवन स्तरलाई मध्यम वर्गमा उकास्ने लगायत ११ बुँदै प्रतिवद्धता पनि उल्लेख गरिएको छ ।
नयाँ शक्तिले निर्वाचनमा पुराना शक्तिले गर्ने फजुल खर्च, तडकभडक, किनबेच, र भ्रष्टाचारसँग प्रतिस्पर्धा नगर्ने भन्दै मितव्ययीता र पारदर्शिता अपनाउनुपर्ने कार्यविधी तयार पारेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












