निर्वाचको रणनीति बनाउन नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद् बैठक काठमाडौंमा
काठमाडौं । निर्वाचको रणनीति बनाउन नयाँ शक्ति पार्टीको अन्तरिम केन्द्रीय परिषद् बैठक काठमाडौंमा सुरु भएको छ । वुद्धनगरस्थित एक व्याङ्क्वेटमा जारी दुई दिने बैठकमा पार्टी संयोजक डा. बाबुराम भट्टराईले पेस गर्नुभएको निर्वाचन लक्षित प्रतिवेदन माथि छलफल भईरहेको छ ।
सो पार्टीको निर्वाचन केन्द्रीत कार्ययोजनामा छिटो भन्दा छिटो देशको भरपर्दो वैकल्पिक शक्तिमा रुपान्तरण गर्न घोषित लक्ष्य, उद्धेश्य, नीति, कार्यक्रम मिल्नेसँग एकीकरण र ध्रुबिकरण गर्ने उल्लेख छ । यस्तै संगठन विभाग मार्फत पार्टीका माथिल्लो तहको सम्पुर्ण कामलाई सहजीकरण गर्न नगर र गाउँपालिकामा केन्द्रीय परिषद सदस्यलाई इन्चार्ज तोक्ने तयारी गरेको सो पार्टीले जनाएको छ ।
स्थानीय निर्वाचनको तयारीमा जुटेको नयाँ शक्तिले केही दिनमा नै संघीय समाजवादी फोरमसँग पार्टी एकताको तयारी समेत गरेको छ । चुनावी मोर्चाका रुपमा वृहत्त राष्ट्रिय गठबन्धन निर्माणका लागी प्रयास गर्ने संयोजक भट्टराइको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा सन् २०२२ सम्ममा मुलुकमा गरिबीको अन्त्य गर्ने, २०३० सम्म जनताको जीवन स्तरलाई मध्यम वर्गमा उकास्ने लगायत ११ बुँदै प्रतिवद्धता पनि उल्लेख गरिएको छ ।
नयाँ शक्तिले निर्वाचनमा पुराना शक्तिले गर्ने फजुल खर्च, तडकभडक, किनबेच, र भ्रष्टाचारसँग प्रतिस्पर्धा नगर्ने भन्दै मितव्ययीता र पारदर्शिता अपनाउनुपर्ने कार्यविधी तयार पारेको छ ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












