स्थानीय निर्वाचनका लागि काँग्रेसको तयारी तीव्र
काठमाडौँ, १६ चैत । नेपाली काँग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखि तीव्र तयारी थालेको छ ।
काँग्रेसले संविधानबमोजिम राज्यको पुनःसंरचना र स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट सम्बन्धित तहमा पार्टी सङ्गठन परिचालन गर्ने र उम्मेदवार चयन गर्नेलगायतका विषयमा आफ्नो विधानमा थप व्याख्या र स्पष्ट गरेको छ ।
काँग्रेसको तीन दिनसम्म राजधानीमा बसेको केन्द्रीय समिति बैठकले १३ औँ महाधिवेशनबाट गठित पार्टी संरचना कायम रहने गरी विद्यमान संरचनामार्फत जनस्तर टोलस्तर सम्म सङ्गठन विस्तार गरी परिचालन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
निर्वाचन प्रयोजनका लागि स्थानीय समन्वय समिति गठन
स्थानीय तहको निर्वाचन प्रयोजनका लागि पार्टीले गाउँपालिका र नयाँ गठन भएको नगरपालिकाको केन्द्र रहेको गाउँ एकाइ सभापतिलाई संयोजक र अन्य एकाइ सभापतिलाई सहसंयोजक तथा सबै एकाइ कार्यसमितिका हाल बहाल सबै पदाधिकारीलाई गाउँपालिका समन्वय समितिको सदस्य कायम गर्ने निर्णय गरेको छ ।
नगरपालिका÷उपमहानगरपालिका विस्तार भई नगरपालिका÷उपमहानगरपालिका÷महानगरपालिका गठन भएकोमा नगरका सभापतिलाई संयोजक र अन्य एकाइ सभापतिलाई सहसंयोजक र सबै एकाइ कार्यसमितिका सबै पदाधिकारीलाई नगरपालिका÷ उपमहानगरपालिका÷महानगरपालिका समन्वय समितिको सदस्य कायम गर्ने निर्णय गरिएको नेता बडूले जानकारी दिनुभयो ।
वैशाख ७ गतेभित्र उम्मेदवार चयन गरिसक्नुपर्ने
काँग्रेसले आगामी वैशाख ७ गतेभित्र जिल्लास्थित संयन्त्रमार्फत सबै तहका लागि उम्मेदवार चयन गरिसक्न स्थानीय नेतृत्वलाई निर्देशन दिने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर जिल्ला सभापतिले गर्नुपर्ने व्यवस्था छ ।
उम्मेदवार चयनका सम्बन्धमा पार्टीले एकै निर्वाचन क्षेत्रअन्तर्गत उम्मेदवारको नाम, सम्बन्धित गाउँ, नगर, उपमहानगर वडा, महानगर वडा समन्वय समितिको सिफारिसको आधारमा सम्बन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सम्बन्धित क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धी समेतको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै दुई वा दुईभन्दा बढी क्षेत्रीय कार्यसमितिले सिफारिस गर्नुपर्ने अवस्थामा सम्बन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सम्बन्धित क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धी समेतको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमितिको संयुक्त बैठकले सिफारिस गर्ने नेता यादवले बताए ।
उक्त सिफारिसको आधारमा केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदको निर्वाचनमा निकटतम प्रतिस्पर्धी, सम्बन्धित क्षेत्रका क्षेत्रीय सभापति, सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार समेतको उपस्थितिमा भएको जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गर्नेछ ।
जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यको चयन सम्बन्धित जिल्लाका केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदको निर्वाचनमा निकटतम प्रतिष्पर्धी, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार समेतको उपस्थितिमा भएको जिल्ला कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णय गर्नेछ ।
प्रहरी प्रमुखका सम्बन्धमा सर्वोच्चको निर्णय हस्तक्षेप
काँग्रेसले संविधानले संवैधानिक सर्वोच्चता, बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली र शक्ति पृथकीकरणको सिद्धान्तलाई स्वीकार गर्दै कार्यकारिणी अधिकारको स्पष्ट व्यवस्था गरेको भएता पनि प्रहरी प्रमुख नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतले हालै गरेको निर्णयले कार्यकारिणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको महसुस गरेको छ ।
काँग्रेसले संसद्मा प्रस्तावित संविधान संशोधन विधेयक संसद्मा रहेका सबै दलको यथाशक्य सहमतिमा पारित गर्न नेपाली काँग्रेसले अग्रसरता लिने र त्यसका लागि संसद्मा रहेका सम्पूर्ण दलसँगको संवादलाई तीव्र र सार्थक बनाउन पहलकदमी लिने निर्णय गरेको छ । काँग्रेसले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक वातावरण बनाउन सरकारलाई आग्रह गर्दै निर्वाचनमा सहभागी हुन सम्पूर्ण राजनीतिक दललाई अपिलसमेत गरेको छ ।
पार्टीले भूकम्पबाट प्रभावितलाई सबैलाई राहतको बाँकी किस्ता उपलब्ध गराउन तथा बाढी, पहिरोपीडितलाई भूकम्प प्रभावितसरह राहत दिने निर्णय गरेको छ । त्यस्तै घर जग्गा अनुदान अविलम्ब उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












