सर्वोच्चले माग्यो उच्च अदालतमा ८० न्यायाधीश नियुक्तिको कागज
उच्च अदालतमा ८० न्यायाधीश नियुक्ति विरुद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले कागज पेस गर्न आदेश दिएको छ। न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले न्यायपरिषद्लाई कारण देखाऊ आदेश गर्दै उक्त नियुक्तिको कागज पनि मागेको हो।
उच्च अदालतमा ८० न्यायाधीश नियुक्ति विरुद्ध २ नायव महान्यायाधीवक्ता दुर्गाबन्धु पोखरेल, बद्रिप्रसाद गौतम र २ सहन्यायाधीवक्ता राजनप्रसाद खतिवडा र गणेशबाबु अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
न्यायाधीश नियुक्तिमा कानुन सेवामा आफूहरु विशिष्ट तह र वरिष्ठ तह हुँदा पनि नियुक्ति नगरेकोले आक्रोशित अधिकारीहरु सर्वोच्च अदालत गएका हुन्। उनीहरु नियुक्तिमा नपरेपछि महान्यायाधीवक्ताको कार्यालयका कर्मचारी संगठनले फागुन ११ देखि तिनदिनसम्म मुलुकभरिकै बहस बहिस्कार गरेका थिए। त्यस बहस बहिस्कारमा रिट निवेदकहरुले साथ दिएका थिए। दुई महिनापछि नायव महान्यायाधीवक्ता र सह(महान्यायाधीवक्ताले उक्त नियुक्ति खारेजीको माग गरी रिट दिएका छन्।
बरिष्ठता र कार्यसम्पादन मूल्याङकनका आधारमा आफूहरुलाई नियुक्ति नगरिएकाले उक्त नियुक्ति बदर गर्नुपर्ने उनीहरुको प्रमुख माग छ । परिषद्ले नियुक्ति भएकालाई किन गरियो भन्ने र नियुक्ति नभएकालाई किन गरिएन भन्ने आधार कारण नदिई मनोमानि तरिकाले निर्णय गरेको रिटमा उल्लेख छ।
‘ज्येष्ठता वा बरिष्ठतालाई उचित, पर्याप्त र मनासिव कारण बिना मिचिदा स्वेच्छाचारिताले स्थान लिन्छ, जसलाई बिधिको शासनले अनुमति दिदैंन। सो दफा र उपदफाले तोकेका कार्यसम्पादन मूल्याङ्कन जस्ता अन्य आधारहरुलाई पनि सो दुषित निर्णयले मूल्याङ्कन गरेको देखिदैन। रिटमा उल्लेख छ।
साथै जिल्ला न्यायाधीशहरुको हकमा सोही दफाको (३) को खण्ड (ग) ले निजले वार्षिक रुपमा फैसला गरेको मुद्दाको अनुपात र फैसला गरेको मुद्दाको अनुपातमा माथिल्लो अदालतमा अन्तिम निर्णय हुँदा सदर,आंशिक वा पूरै बदर भएको विषयलाई समेत न्यायाधीश नियुक्तिको सन्दर्भमा विचार गर्नुपर्ने गरी परिषद्को कर्तव्य निर्दिष्ट गरेकोमा उक्त पक्षलाई सो दुषित निर्णयले हेरेको अवस्था नै छैन।’ केही दिन अघि भएको आइजीपी नियुक्ति प्रकरणमा सर्वोच्चले दिएको आदेशको आधारलाई लिएर उनीहरुले रिट दिएको देखिन्छ।
कार्यसम्पादन मूल्याङ्कन र बरिष्ठताकामा बढी अंक भएकालाई छोडेर सरकारले डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउन गरेको निर्णय सर्वोच्चले बदर गरिदिएको थियो। कार्यसम्पादन मूल्याङकनमा बढी अंक ल्याउनेलाई आइजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतले सरकारलाई परमादेश जारी गरेको थियो।
सरकारी निर्णयको प्रतिरक्षा गर्ने नायव र सहन्यायाधिवक्ताले नै न्यायपरिषद्को निर्णय विरुद्ध रिट दायर गरेकाले महान्यायाधिवक्ताको कार्यालयले परिषद्को निर्णयको प्रतिरक्षा गर्छ कि गर्दैन भन्ने आशंका उत्पन्न भएको छ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











