पचास प्रतिशत महिलाको उम्मेदवारी हुनुपर्छ : डा.यादव
बनेपा । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा महिलाको उम्मेदवारी ५० प्रतिशत हुनुपर्ने सुुझाव दिएका छन्
निर्वाचन कार्यालयको आयोजनामा आजदेखि धुलिखेलमा सुरु भएको लोकतन्त्र, सुशासन, निर्वाचन, लैङ्गिक तथा समावेशीसम्बन्धी विषयमा निर्वाचन सरोकार भएकाहरुसँग भएको अभिमुखीकरणमा उहाँले विगतका निर्वाचनमा ३३ प्रतिशत महिलाको प्रावधान कार्यान्वयन नभएको बताउँदै अब महिलाबाहेक, दलित, जनजाति सबै वर्गको सुनिश्चितता आवश्यक छ भने । डा यादवले राजनीतिक दलले जसरी पनि चुनाव जित्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्ने सुझाव पनि उनले दिए ।
आयोगका सहसचिव दीपक सुवेदीले निर्वाचनका सबै प्रक्रिया र चरणमा महिलाको समान पहुँच आवश्यक भएको बताउनुभयो । काभ्रेपलाञ्चोकका प्रजिअ शिवप्रसाद सिंखडाले लोकतन्त्रलाई जीवन्त राख्न आवधिक निर्वाचन आवश्यक भएकामा जोड दिए ।
निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जिल्लाबाट कम्तीमा दुई सय ७० महिला र ३२ दलित तथा अल्पसङ्ख्यक निर्वाचित हुने जानकारी दिए । दुई दिनसम्म चल्ने सो अभिमुखीकरणमा सैद्धान्तिक विषय, नमुना मतदान र अभ्यासबारे सहभागीलाई जानकारी दिइनेछ । विभिन्न क्षेत्रबाट करिब ६५ जनाको अभिमुखीकरणमा सहभागिता छ ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












