मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौं झार्ने
काठमाडौं । सरकारले मेलम्ची आयोजनामार्फत आउने पानीलाई अहिलेको भन्दा तेब्बर क्षमतामा विस्तार गने भएको छ । त्यसका लागि मेलम्चीको पानीमा अरु दुई खोलाको पानी पनि मिसिने भएका छन् ।
मेलम्ची खानेपानी आयोजनाले लक्ष्यअनुरुप काम गरे अबको दशैं अघिसम्म काठमाडौंमा पानी झरिसक्छ । ढिलै भए पनि ०७४ सालभित्र मेलम्चीको पानी काठमाडौंका धेरै घरमा पुग्नेमा आशंका छैन । त्यसपछि पनि मेलम्चीको पानी आयोजना रोकिने छैन, किनभने पहिलो चरणमा आउनेभन्दा तेब्बर पानी यही आयोजनामार्फत ल्याउन तत्काल काम सुरु हुनेछ ।
पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौंमा झार्नेछ । मेलम्चीको अर्को प्रोजेक्ट तयार भएपछि भने त्यसलाई ५१ करोड लिटरमा पुर्याउने आयोजना प्रमुख घनश्याम भट्टराई बताउँछन् ।
यो योजनाअनुरुप मेलम्ची आयोजनामा याङ्ग्री र लार्के खोलाको पानी मिसाएर राजधानी ल्याइनेछ । पहिलो चरणमा आउने १७ करोड लिटरले काठमाडौंको पूरा माग थेग्न नसक्ने भएपछि सरकारले मेलम्चीका दुई खोलाको पानी पनि थपेर काठमाडौं ल्याउन लागेको हो ।
यसका लागि झण्डै ३ सय मिलियन अमेरिकी डलर अर्थात झण्डै ३१ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ । एडीबीले पनि मेलम्चीको नयाँ प्रोजेक्टमा लगानी गर्न तयार रहेको सार्वजनिक रुपमै बताइसकेको छ ।
सरकारले पनि मेलम्चीमा थप लगानी गरेर काठमाडौंमा थप पानी ल्याउने घोषणा बजेटमार्फत नै गरिसकेको छ । र, डीपीआरको काम तीव्र गतिमा अघि बढेको छ ।
अब पहिलो चरणमा १७ करोड लिटर पानी आएपछि दोस्रो चरणमा ३४ करोड लिटर पानी थपिनेछ । काठमाडौंमा दीर्घकालीन रुपमा पानीको माग व्यवस्थापन गर्न दुई खोलाको पानी मिसाउन लागिएको हो ।
मेलम्चीसँगै यी दुई खोलाको पानी आएपछि राजधानीमा दैनिक ५१ करोड लिटर पानी भित्रिनेछ । यसले काठमाडौंमा दीर्घकालीन रुपमा खानेपानीको अभाव पूरा सहज हुनेछ ।
मेलम्ची खानेपानीको क्षमता विस्तारका लागि अहिले डिजाइनिङको काम द्रुत गतिमा भइरहेको भट्टराईले बताए । ‘एक वर्षभित्र हामी डिजाइनिङको काम सकाउनेछौं । त्यसपछि यसका लागि बजेट जुटाउने प्रक्रिया पनि सुरु हुन्छ’ भट्टराईले भने, ‘यो प्रोजेक्टमा लगानी गर्न एडीबीले इच्छा देखाएको छ । तर, छलफल भए टुंगिन बाँकी नै छ ।’
मेलम्चीमा याङ्ग्री र लार्केको पानी मिसाउन १० किलोमिटरको सुरु खन्नुपर्नेछ झण्ड १२ किलोमिटरको दूरीमा रहेका यी खोलाको पानी मिसिएपछि मेलम्ची आयोजना थप समृद्ध हुनेछ ।
यो आयोजनमा काम सुरु भएपछि ४ वर्षभित्र सुरुङको काम सकिने अनुमान गरिएको भट्टराईले बताए । मेलम्ची आयोजनामार्फत आएको पानीको वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ । मेलम्चीको पानी काठमाडौं आएपछि काठमाडौंमा पानीको माग व्यवस्थापन सहज हुनेछ ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












