बक्यौता नतिर्ने मन्त्रालयको पानी बन्द गर्न मन्त्रीको निर्देशन
काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले खानेपानीको बक्यौता नतिर्ने मन्त्रालय तथा सरकारी कार्यालयहरुमा पानीको आपूर्ति बन्द गर्न निर्देशन दिएका छन् ।विभिन्न सरकारी निकायहरुले लामो समयदेखि खानेपानीको महशुल नतिरेको थाहा पाएपछि मन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री शाहीले खानेपानीको बक्यौता तिर्न सुरुमा लिखित रुपमा सबै निकायलाई जानकारी दिने र त्यति गर्दा पनि अटेर गरेमा पानीको आपूर्ति बन्द गर्ने चेतावनी दिए । शाहीले खानेपानीको बक्यौता रहेका सबै निकायलाई तत्काल पत्र काट्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड ‘ केयुकेएल ’ निर्देशन दिएका छन् ।
उनले खानेपानी नियमित आपूर्ति भइरहे पनि सेवा शुल्क नतिरेर केयुकेएललाई धराशायी पार्न खोजिएको टिप्पणी गरे ।केयुकेएलले उठाउनुपर्ने बक्यौता एक अर्ब ४३ करोड रुपैयाँ पुगेको र त्यो मध्ये सरकारी निकायबाट मात्रै ४२ करोड ३१ लाख १९ हजार उठाउन बाँकी रहेको समेत बताए ।
‘बक्यौता रकम तत्काल तिर्न मन्त्रालयहरूलाई पत्र काट्नुस्’ उनले केयुकेएलका अधिकारीलाई निर्देशन दिए, ‘त्यति गर्दा पनि बक्यौता रकम बुझाउन अटेर गरे सीधै आपूर्ति बन्द गरिदिनुहोस् । त्यसको नेतृत्व मैले गर्छु । आवश्यक परे पाइप पनि काटौंला ।’
केयुकेएले उचित व्यवस्थापन नगरेको भन्दै यसको उचित व्यवस्थापन र नियमित अपडेट गर्नुपर्नेमा मन्त्री शाहीले जोड दिएका छन् । शाहीले खानेपानीको चुहावट नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न समेत निर्देशन दिए ।
मन्त्री शाहीले मेलम्ची खानेपानी लगायतका निकायका आयोजना प्रमुखलाई मन्त्रालयमा बोलाएर आयोजना निर्माणमा ढिलाइ नगर्न सचेत गराएका छन् । उनले मेलम्चीको पाइप विछ्याउने क्रममा खनिएको ठाउँबाट धूलो उड्दा जनस्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै पाइप पुरिसकेपछि तत्काल अस्थायी पिच गर्न निर्देशन दिएका छन् ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












