सांसद दुलारीको निधनप्रति सदनमा शोक प्रस्ताव

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले सांसद दुलारी देवीको असामयिक निधनप्रति सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।
नेकपा एमालेको तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा सर्लाही जिल्लाबाट समानुपातिक सदस्यमा निर्वाचित भएका सांसद देवीको यही चैत १० गते निधन भएको थियो ।भारतको सीतामढीमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते हुनुभएका ४६ वर्षीया सांसद देवीको ललितपुरस्थित बि एन्ड बि अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
संसद्ले उनको असामयिक निधन भएकामा गहिरो शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामनासहित शोक प्रस्ताव पारित गरेको हो ।
बैठकले शोक सन्तप्त परिवारप्रति समवेदना समेत प्रकट गरेको छ । ृउनले नेपालको संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका थिए । उनको आत्माको चिर शान्तिको कामनासहित बैठकमा एक मिनेट मौन धारण समेत गरिएको थियो ।
आजको बैठकको प्रारम्भमै सभामुख ओनसरी घर्तीले उहाँको निधन सम्बन्धी शोक प्रस्ताव प्रस्तुत गर्नुभयो । व्यवस्थापिका–संसद्को बैठकमा शोक प्रस्ताव पारित भएपछि अरु कार्यसूची नराखिने प्रचलन रहिआएको छ । व्यवस्थापिका–संसद्को अर्को बैठक यही चैत २५ गते शुक्रबार दिनको १ बजे बस्ने छ । रासस
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...












